केन्द्रका लागि ५ हजार कर्मचारी माग्दै लोक सेवा आयोग

2019-09-08

काठमाडाैं - स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने भएको हो। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ। एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्त भूपाल बरालले जानकारी गराए। अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछि एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं।’

संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो। आयोगका प्रवक्ता किरण शर्माले संघीय मन्त्रालयबाट सहसचिव र उपसचिवका लागि माग भएको बताए। नियमित कार्यतालिकाअनुसार असोजको तेस्रो साता विज्ञापन गरिने उनले बताए। उनले भने, ‘संघीय मन्त्रालयबाट आएको माग हामीले आयोगको बैठकमा पठाएका छौं। बैठकले निर्णय गरेपछि आयोगको नियमित प्रक्रियाअन्तर्गत असोज तेस्रो हप्तामा विज्ञापन निकाल्छांै।’ अन्य पदमा संघीयबाट माग आएमा आयोगले भर्ना प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो।

मन्त्रालय स्रोतका अनुसार सहसचिव र उपसचिव पदका लागि करिब ३ सय रिक्त दरबन्दीमा माग भएको छ। मन्त्रालयले अब पठाउने मागमा प्रशासन, लेखा, इञ्जिनियरिङ, परराष्ट्रलगायतका सेवा हुनेछन्। यी पदमा खरिदारदेखि सहसचिवसम्मका हुनेछन्। स्रोतका अनुसार विशेषगरी तल्लो तहका पद खरिदार र नायव सुब्बा तहका पदमा अरू पदको तुलनामा बढी दरबन्दी रिक्त छन्।

मन्त्रालयले तीन तहका सरकारका लागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको बताएको छ। मन्त्रालयका अनुसार संघमा स्वीकृत भएको ४८ हजार ४ सय ९ दरबन्दीमा ३९ हजार ९ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ। आयोगले गत असारदेखि स्थानीय तहका लागि करिब ९ हजार रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। आगामी दुई महिनाभित्रै रिक्त रहेका स्थानीय तहमा नयाँ कर्मचारी सिफारिस गर्ने तयारी भएको आयोगले जनाएको छ।

सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा हुने
आयोगले यसपटक सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाको कोटा छुट्टयाउने भएको छ। निजामती सेवा ऐन २०४९ अनुसार ४५ वर्ष उमेर नकटेका नेपाली नागरिकले यसपटक उपसचिव र सहसचिव पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिन सक्नेछन्। निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन हाल संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ।

नयाँ ऐन नआएकोले आयोगले करिब १८ वर्ष पुरानोको प्रशासन कानुनअनुसार सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गर्न लागेको हो। आयोगका प्रवक्ता शर्माले निजामती सेवा ऐन २०४९ अनुसार आयोगले विज्ञापन निकाल्ने बताए। उनले भने, ‘नयाँ कानुन नबन्दासम्म निजामती सेवा ऐन २०४९ लाई टेकेर हामीले विज्ञापन निकाल्छौं।’ निजामती सेवा ऐन २०४९ मा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाका लागि १० प्रतिशत कोटा छुट्टयाउनु पर्ने व्यवस्था गरिएको छ। नयाँ कानुनमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धामा कस्तो व्यवस्था राख्ने भन्नेबारेमा राज्य व्यवस्था समितिमा बहस र छलफल भइरहेको छ।

 


नागरिकबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ