परदेशीको घरमा प्रहरीको छापा : ७० लाखको किर्ते तमसुक भेटियो, सबै सम्पत्ति रोक्का

2019-09-08

साहुकार श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले बिहीबार छापा मार्दा एउटै व्यक्तिलाई ७० लाखसम्मको किर्ते तमसुक बनाएको फेला परेको हो । २९९ जना गरिब विपन्न परिवारलाई किर्ते तमसुक बनाई मुद्दा लगाएका परदेशीले विष्णु गाउँपालिकास्थित वाराडरण गाउँका रोवसनकुमार सिंहको नाममा तमसुक गरी बनाइराखेको प्रहरीले फेला पारेको हो ।

‘हामीले बिहीबार दिउँसो परदेशीको घरमा छापा मारेका थियौँ,’ सर्लाही जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले भने, ‘रोवसनकुमार सिंहको नाममा ७० लाखको किर्ते तमसुक गरेको थियो ।’ तमसुकमा सबै व्यहोरा लेखिए पनि ऋणीलाई भने सहीछाप नगराई राखिरहेको अवस्थामा फेला पारेको उनको भनाइ छ । ‘यो तमसुकले परदेशीले एउटै व्यक्तिलाई किर्ते तमसुक बनाएर निकै दुःख दिएको पुष्टि हुन्छ,’ भट्टराईले भने, ‘यो तमसुकलाई पनि प्रमाणका रूपमा अदालतमा पेस गरी मुद्दा हाल्ने छौँ ।’ परदेशीलाई अदालतमा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले छापा मार्ने क्रममा १० वर्षभन्दा पुराना तमसुक कागजपत्र पनि फेला पारेको छ । अहिले गरिब विपन्न परिवारलाई कति ऋण लिएको तमसुक परदेशीले बनाएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । परदेशीलाई ठगी मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी गरिएको छ । ठगिएका ऋणी एक–एक गरी जिल्ला प्रहरी कार्यालय मलंगवा पुगेर उजुरी दिइरहेको प्रहरीले जनाएको छ ।

परदेशीको सबै सम्पत्ति रोक्का
गत १५ भदौमा पक्राउ परेपछि परदेशीका सबै सम्पत्ति रोक्का गरिएको प्रहरी प्रमुख भट्टराईले बताए । ‘हामीलाई कुनै अभियुक्तको सम्पत्ति छानबिन गर्ने अधिकार हुँदैन,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त भएपछि सबै सम्पत्ति रोक्का गरेका छौँ ।’ सम्पत्ति रोक्काका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सहकारी विभाग, मालमोत कार्यालय सर्लाहीलगायत कार्यालयमा पत्र पठाइसकिएको उनले जानकारी दिए ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ