डाक्टरलाई 'निजी क्लिनिक' मोह, प्याथोलोजीबाट कमिसन

2019-09-07

दाङ - झन्डै दुई साताअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका बिरामीलाई मेडिकल अधिकृत मनोज यादवले अस्पतालबाहिर रेफर गरिदिए। रगतलगायत ल्याब परीक्षणका लागि उनले बिरामीको पर्चामा नामै लेखेर प्रतिष्ठानबाहिरको नेसनल प्याथोलोजीमा जानू भने।

त्यहाँसम्म पुग्ने नक्सा पनि कोरिदिए। यसअघि पनि तिनै चिकित्सकले बिरामीलाई ल्याब परीक्षणका लागि ठाउँको नामै किटेर बाहिर पठाउँदै आएको सुइँको पाएपछि प्रतिष्ठानले उनलाई पटकपटक सचेतसमेत गराउँदै आएको थियो। तर यो घटनापछि प्रतिष्ठान उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको छ।

‘उपलब्ध भएसम्मका ल्याब सुविधा प्रतिष्ठानकै उपयोग गर्नुपर्छ, नभएको खण्डमा पनि बिरामी आफूले इच्छाएको ठाउँमा जाने हो नि !’ प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले भनिन्, ‘तर नक्सा कोरेरै फलानो प्याथोलोजीमा जा भनेर बिरामीलाई बाहिर पठाउनु प्रतिष्ठानका लागि स्वीकार्य थिएन र कारबाही ग-यौं।’

यादवले यसरी नक्सा कोरेरै बिरामीलाई बाहिर पठाएबापत सो प्याथोलोजीबाट पाँच हजार रुपैयाँ बुझेको समेत प्रतिष्ठानको दाबी छ। ‘बिरामी नक्सा कोरेरै निजी संस्थामा पठाएबापत पाँच हजार रुपैयाँ लिएको प्रमाण भेटिएपछि उहाँलाई कारबाही गर्नुबाहेक अरू उपाय थिएन,’ भण्डारीले भनिन्।

यादवलाई निष्कासन गरिएपछि डाक्टरहरूले सामूहिक राजीनामा दिए। यहाँसम्म कि आफूहरूलेसमेत यादवले जस्तै बिरामी सिफारिस गरेबापत निजी स्वास्थ्य संस्थामार्फत रकम लिने गरेको भन्दै कारबाहीका लागि चेतावनी दिएको प्रतिष्ठानले बताएको छ। प्रतिष्ठानले राजीनामा दिएकामध्ये आफूले नियुक्त गरेका नौजना चिकित्सकहरूको करार सम्झौता भंग गरिदियो। केन्द्रीय सरकारमार्फत दरबन्दीमा खटिएका चिकित्सकहरूमध्ये पाँचजना काममा फर्किए भने अन्य अहिले पनि काममा फर्किएका छैनन्।

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ