चिनिया विदेशमन्त्री आइतबार काठमाडौं आउंदै, सी जिनपिङको भ्रमण तयारी

2019-09-07

काठमाडौँ - चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीन दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउंदै छन् । चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेका हुन् । यसअघि भारतका विदेशमन्त्री सुव्रमण्यम् जयशंकरले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरे । शनिबार यी पाकिस्तान भ्रमणमा जाने कार्यक्रम छ । इस्लामाबादमा उनी अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने कार्यक्रम छ । त्यहाँबाट उनी आइतबार अपराह्न काठमाडौं पुग्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग सोमबार द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी यीबीच सोमबार द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तामा नेपाल र चीनबीच सबै पक्षमा छलफल हुनेछ । नेपालले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा पुनः जोड दिनेछ । नेपाल र चीनबीच यसबीचमा भएका सहमति र सम्झौता कार्यान्वयनका उपायबारे पनि छलफल हुने परराष्ट्र स्रोतले बतायो । विशेष गरी सिगात्से–केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, डिपिआर तयारीका लागि छलफल हुनेछ ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई चीनबाट भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । अनुभवी करिअर डिप्लोम्याट यी नेपालबारे लामो समयदेखि जानकार छन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी अ‍ोलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ ।

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीले यो वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय रहेको टिप्पणी गरे । तर, उनले भ्रमणको निधो भइनसकेको पनि उल्लेख गरे । ‘नेपालसँग चीनको सुदृढ सम्बन्ध छ र उच्चस्तरीय भ्रमण हुनुपर्छ भन्नेमा चीन छ । यो उपयुक्त हो भन्ने पनि हामीलाई लागेको छ । तर, यसबारे द्विपक्षीय परामर्श निरन्तर हुनुपर्छ,’ उनले भने । राष्ट्रपति सी एक महिनापछि भारत भ्रमणमा जाने चर्चा भए पनि अझै टुंगिएको छैन । बेइजिङस्थित नेपाली दूतावासले भने सीको भारत भ्रमण हुँदा नेपाल पनि हुनुपर्नेमा चीन सरकारसँग जोड दिँदै आएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ