गौहत्या प्रकरण : प्रहरी इन्स्पेक्टर सहित दुई जना पक्राउ

2019-09-07

सुर्खेत - सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षकसहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाई–गोरु सुर्खेतमा भीरबाट खसालिएका थिए । भीरबाट खसालिएका कारण हालसम्म ४० वटा गाई मरेका छन् । यस्तै दर्जनौं गाई–गोरु घाइते भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनीहरु दुबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई बिहीवार नेपालगञ्जबाट नियन्त्रणमा लिइएको एसपी रजौरेले बताए ।

उनले भने, ‘हालसम्म नौजना पक्राउ परेका छन्, घटनाको मसिनो गरी अनुसन्धान गरिरहेका छौँ । दोषी उम्कन पाउँदैनन् ।’ गाई ढुवानीमा प्रयोग भएका अरु तीनवटा ट्रकको खोजी भइरहेको प्रहरीको भनाइ छ । यस्तै गौहत्याको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सुर्खेत र दैलेखमा पनि स्थलगत अध्ययन गरेको छ ।

छानबिन टोलीले सुर्खेतमा भीरबाट गाई खसालिएको स्थान र दैलेखमा सरोकारवालासँग पनि छलफल गरेको हो । यो घटनाको छानबिनका लागि मात्र तीन वटा समिति गठन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र यो घटनामा मुछिएको नेपालगञ्ज उपमहानगरपालिकाले पनि छुट्टाछुट्टै छानबिन समिति गठन गरेका हुन् । यी समितिहरुले पनि काम गरिरहेका छन् ।

यसअघि नेपालगञ्ज उपमहानगरले रातारात दैलेख लैजान लागिएका गाई सुर्खेतमा अलपत्र छाडिएपछि दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले आफूहरुले गाई नमगाएको बताइसकेका छन् ।

तर जिल्ला समन्वय समितिले रातारात नक्कली पत्र तयार पारेर गाई आफूले मगाएको दाबी गरेपछि घटना थप रहस्यमय बन्दैगएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सुर्खेतमा अलपत्र छाडिएका करिब दुई सय गाई नेपालगञ्ज नै फिर्ता गरिसकिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक