विनोद पौडेल निर्देशित फिल्म 'बुलबुल' 'ओस्कर'का लागि सिफारिस

2019-09-06

काठमाडौँ - 'अस्कर'मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । विनोद पौडेलले निर्देशन गरेको चलचित्रलाई समितिको बुधबार बसेको बैठकले सिफारिस गरेको हो । यो सिफारिस सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्डमा प्रतिष्पर्धी बन्नका लागि हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।

स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत यो चलचित्रले नेपालमा राम्रै प्रतिक्रिया पाएको थियो भने ब्यबसायिक रुपमा समेत सफल भएको थियो ।

ओस्कार कलेजका संस्थापक एवं प्रिन्सिपल विनोद पौडेलको यो डेब्यु निर्देशित फिल्म हो । उनले चलचित्रको छायांकन सुरु हुनु अघि कलाकारलाई लामो समय वर्कशपमा राखेर प्रशिक्षण गराएका थिए । जसका कारण ‘बुलबुल’ले नायिका स्वस्तिमा खड्कालाई चर्चाको शिखरमा पुर्यायो भने डेब्यु गरेका मुकुन भुसाललाई दर्शक माझ चिनायो ।

यसअघि थुप्रै चलचित्रमा अभिनय गरेकी स्वस्तिमाको 'अभिनय दम ' दर्शकहरुले ‘बुलबुल’मा आएर मात्र देख्न पाए । ‘बुलबुल’बाट श्रीलंकामा आयोजित 'सार्क फिल्म फेस्टिभल'मा फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले ‘बेस्ट पफर्मर जुरी अवार्ड– २०१९’ समेत हात पारिन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ