अनेरास्ववियुका संयोजक ऐन महर माथि प्रहरीको लाठि

2019-09-05

काठमाडाैं - प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन्। पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो।

झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा घाइते भएकाे बताए।

“चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो। उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उनले भने, “सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो।” सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन्। चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन्। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ