प्रधानमन्त्रीको उपचार सकियो, शुक्रबार फर्कंदै

2019-09-05

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले नयाँ पत्रिकालाई बताए । उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अनुकूल सुधार भएपछि उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिलीप शर्मा बुधबार स्वदेश फर्किएका छन् । रिमाल र शर्मा फर्किएलगत्तै नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम सिंगापुर पुगेका छन् । महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह भने मंगलबार नै त्यसतर्फ प्रस्थान गरेका थिए । पौडेल र गौतम प्रधानमन्त्री ओलीसँगै शुक्रबार फर्किनेछन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ