भारत र रूसबीच १३ बुंदे सम्झौता

2019-09-05

व्लादिवोस्तोक - रूस र भारतबीच बुधबार १३ वटा सम्झौता भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदी पूर्वी आर्थिक मञ्चमा सहभागी हुन रूस भ्रमणमा छन्। दुई देशले रक्षा, ऊर्जा, प्रविधि, अन्तरिक्ष लगायतका महत्वपूर्ण विषयमा सम्झौता गरेका हुन्। रूसले मोदीलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्त एन्ड्रू द अपोस्तल’ सम्मान प्रदान गर्ने भएको छ। मोदीले भने, ‘अन्तरिक्षमा आपसी सहयोगले नयाँ शिखर छुँदै छ। गगनयान अर्थात् भारतीय ह्युमन स्पेस फ्लाइटका लागि भारतीय खगोलविद्ले रूसमा प्रशिक्षण लिनेछन्।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पेट्रोल, ग्याँस उत्खनन, सुरक्षा, हवाई र समुद्री सम्बन्ध, आणविक ऊर्जा, यातायात पूर्वाधार, व्यापार र लगानीसम्बन्धी वार्ता भएको जानकारी दिएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ