एटीएम ह्याक प्रकरण : १३ वटा बैंकका एटीएमबाट तीन करोड ५८ लाख लुटियो

2019-09-05

काठमाडौं - एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ। समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो। तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्।

समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ। तर यसको क्षतिपूर्ति कसरी हुन्छ भन्नेमा प्रतिवेदनमा उल्लेख नभएको रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। नेप्सका अधिकारीले भने बुधबार रातिदेखि नै फरेन्सिक अनुसन्धान थाल्ने तयारी रहेको बताएको छ।

साइबर सुरक्षा विज्ञले भने फरेन्सिक अनुसन्धानबाट पनि ह्याकर पहिचान गर्न वा कसरी ह्याक भयो भन्ने प्रमाण भेट्टाउने विस्वसनीय आधार नभएको बताएका छन्। ‘ह्याकर यति बाठा हुन्छन् की, त्यस्ता विवरणको भण्डारण हुने ठाउँसम्म पुगेर ह्याकिङका प्रमाण नास गर्छन्’ ,साइबर सुरक्षाका जानकार नारायण कोइराला भन्छन्, ‘एउटा सर्भरमा काम गरिएका सबै विवरण अरु सर्भरमा सुरक्षित हुने व्यवस्था गरिएको रहेछ भने मात्रै फरेन्सिक अध्ययनबाट प्रमाण भेट्टाउने सम्भावना हुन्छ।’

उनी नेपालमा धेरैले यस्तो अतिरिक्त सर्भरको व्यवस्था गर्ने प्रचलन नभएको बताउँछन्। ‘तर १७ वटा बैंकको भुक्तानी प्रणालीलाई नियन्त्रण गर्ने नेप्ससँग यस्तो प्रणाली होला भन्नेमा आशावादी छु’, कोइरालाले भने। नेप्सले भने प्राविधिक व्यवस्थाका बारेमा स्पस्ट पारेको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ