रवि लामिछाने प्रकरण : चितवन जिल्ला अदालतले दिएको आदेश जांच गर्दै उच्च अदालत !

2019-09-04

काठमाडौं - टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्ने आदेश गरिएको छ। न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो।

लामिछानेले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी माग र सर्तहरु आदेशका लागि लिएको आधारहरु त्रुटीपुर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको थियो । चितवनको कंगारु होटलको कोठा नम्वर २०० मा आत्महत्या गर्दै पुडासैनीले खिचेको भिडियोमा रवि र अन्यका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

उक्त भिडियोपछि प्रहरीले अनुसन्धान गर्दै लामिछाने, कडेँल र रुकु भन्ने अस्मीता कार्की विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुलुकी फौजदारी संहितको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै चितवन जिल्ला अदालका न्यायाधीश हेमन्त रावलको इजलाशले लामिछानेसँग पाँच लाख , कडेँलसँग तीन लाख र अस्मीता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो । उच्च अदालतको वुधबारको आदेशसँगै अव रविको मुद्दा उच्चमा सुनुवाई शुरु भएको छ ।

उच्चले अर्को सुनुवाईमा उनीहरुसँग मागेको धरौटीको बारेमा सुनुवाई गर्नेछ । उच्चलाई उक्त आदेश मनासिव लागेमा सदर गर्नेछ भने त्रुटीपुर्ण लागेमा उल्टाउने छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ