पूर्व रअ एजेण्टकाे खुलासा : 'प्रचण्डसंग हातेमालो गरि राजतन्त्र अन्त्य गरेका हौँ'

2019-09-04

काठमाडौ - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत यसबारे खुलासा गरेका छन्। भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महŒवपूर्ण समय खर्चेको बताएका छन्।

पुस्तकमा भूषणले सन १९९० मा नेपालमा राजाको प्रत्यक्ष शासन अन्त्य गर्दै संवैधानिक राजतन्त्र स्थापनाका लागि रअले विशेष अप्रेसन सञ्चालन गरेको उल्लेख छ। भूषणले पुस्तकमा रअको पूर्वी व्यूरो प्रमुखको छायाँ नाम जीवननाथ उल्लेख गरेका छन्। उनले राजा वीरेन्दसन अन्त्य गर्न सन १९८९ देखि ०९० सम्म रअको विशेष अप्रेसन सञ्चालन गर्दै त्यसलाई शसक्त बनाउने र गुप्तचरको भर्ना गर्नेलगायतका काम गरेको उल्लेख गरेका छन्।

पुस्तकमा भूषणले नेपालको शसस्त्र आन्दोलनलाई तत्कालीन राजीव गान्धी नेतृत्वको भारतीय सरकारको समर्थन रहेको पनि उल्लेख गरेका छन्। उनले राजा वीरेन्द्रलाई दबाब दिनका लागि विभिन्न चरणमा कूटनीतिक प्रयास भए पनि सफल नभएपछि राजालाई प्रजातन्त्रलाई संस्थागत गर्न दबाब दिन नाकाबन्दीको सहारा लिएको जनाएका छन्।

भूषणले भारतबाट निराश बनेका राजा वीरेन्द्रले चीनको सहयोग लिन खोजेको पनि दाबी गरेका छन्। नेपालमा चिनियाँ उपस्थिति कहिले नचाहेको भारतका लागि यो ठूलो झड्का भएको भूषणको तर्क छ। अन्ततः नेपालमा प्रजातन्त्र स्थापनाको जिम्मा रअका प्रमुख एके बर्मालाई दिइएको र उनले आफ्ना राम्रो मानिने गुप्तचर जीवननाथलाई नेपालको अपरेशनका लागि नियुक्त गरेको पुस्तकमा उल्लेख गरेका छन्। जीवननाथका लागि उक्त काम निकै कठिन भए पनि उनले आफूले अप्रेशनको जिम्मा लिएपछि त्यसलाई सफतलापूर्वक सम्पन्न गर्ने आश्वासन रअका प्रमुखलाई दिएका थिए।

 

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


पोखरा उच्च अदालतका न्यायाधीश बर्खास्त, यस्तो छ कारण !

काठमाडौं - क्षेत्राधिकार मिचेर मुद्दामा अन्तरिम आदेश दिएको सुनुवाइ आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाटै बर्खास्त गर्ने निर्णय न्याय परिषद्ले गरेको छ। बिहीबारको

सीको भ्रमण फलदायी बनेको चिनियाँ उच्च अधिकारीको समिक्षा

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक

एमबिबिएस र बिडिएस अध्ययनको शुल्क बढाइयो

काठमाडौँ - चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस अध्ययनको शुल्क वृद्धि गरेको छ । अब एमबिबिएस पढ्न विद्यार्थीले उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५०

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं - मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२

गुण्डा नाइके 'बाघे'सहित १८ बालुवा डिपोका सञ्चालक ठगीको अभियोगमा पक्राउ

काठमाडौं - गुन्डा नाइके ‘बाघे’ भनिने सन्देश लामासहित १८ वटा बालुवा डिपोका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय

सर्वोच्चको आदेशले झन्डै ३० हजार जनप्रतिनिधिले लिंदै आएको पारिश्रमिक रोक्का

काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९

कुसुण्डा कसरी यताको समाजमा बिलिन भए ? ज्ञानीमैया कुसुन्डाको भोगाई अनि यात्रा यस्तो छ !

कुसुन्डा भाषा जान्ने दुईजनामध्ये एक हुन् दाङकी ज्ञानीमैया कुसुन्डा । ज्ञानीमैैया जंगलमै जन्मिइन्, जीवनको एक दशक जंगलमै बिताइन् । अहिले उनलाई एउटै चिन्ताले सताएको छ–

महराको स्वास्थ्य थप जटिल बनेपछि सिसियूमा सारियो

काठमाडाैं - संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएकाे छ। पक्राउ परेपछि