नेपाल प्रहरीकै कम्प्युटर ह्याक, ह्याकरले मागे फिरौती रकम !

2019-09-04

काठमाडौँ - एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो ।

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ ।

ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले प्राविधिक पाटो भएकाले प्राविधिज्ञसँग बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘कतिपय काम प्राविधिकबाट हुन्छ । के भइरहेको छ, यस सम्बन्धमा म जानकार भइनँ । प्राविधिकसँग बुझेर मात्रै यसबारे बोल्नुपर्ने हुन्छ । थप कमेन्ट नगरौँ,’ उनले भने ।

प्रतिष्ठानका प्रवक्ता एसपी तारादेवी थापाले तालिम केन्द्रको कम्प्युटर प्रधान कार्यालयबाटै रिकभर भइरहेको बताइन् । उनले भनिन्, ‘तालिम केन्द्रका कम्प्युटरमा केही समस्या आएको सुनेकी हुँ । यसको रिकभर हेडक्वार्टरबाटै हुने हो । त्यो भइरहेको होला । यस सम्बन्धमा नयाँ के भइरहेको छ, जानकारी भएन ।’

प्रहरीका अनुसार यस्ता आक्रमण नेपालमा खासगरी भूकम्पका वेला धेरै भएका थिए । त्यतिवेला राष्ट्रपति कार्यालयदेखि नेपाली सेनाका कम्प्युटरमा समेत साइबर हमला भएको थियो ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्–नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी टिम नहुँदा साइबर हमलाको जोखिम सधैँ छ
साइबर अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी इन्सिडेन्ट रेस्पोन्स टिम (सर्ट) छैन । यो साइबर हमलासम्बन्धी अनुसन्धान गर्ने इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित व्यावसायिक समूह हो । ‘सर्ट’ले हमलाअघि नै सूचना दिने, हमलापछि पनि अनुसन्धान गर्ने र साइबर हमला हुनबाट बच्ने तरिका सिकाउँछ । संसारका विकसित मुलुकका सबै प्रहरी संगठनसँग ‘सर्ट’ टिम छ । तर, नेपाल प्रहरीसँग छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ