सिंहदरबारभित्रै मोटरसाइकल चोर्ने गिरोह सक्रिय, उर्जा मन्त्रालयबाट हराए २ ओटा बाइक

2019-09-02

काठमाडौँ - सिंहदरबार भित्रै मोटरसाइकल चोर्ने गिरोह सक्रिय रहेको खुलेको छ । यहि भदौ १२ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पार्किङ्गबाट बा २ ब ८३०२ नम्बरको सेतो प्लेटको सरकारी मोटरसाइकल र ज ९ प ५९३९ नम्बरको रातो प्लेटको निजि मोटरसाइकल एकै व्यक्तिले चोर्दै गरेको सिसिटिभीको फुटेजमा फेला परेको छ ।

फुटेज अनुसार करिब साढे ३ बजे तिर सरकारी बाइक र त्यसको ठिक एक घण्टा पछि करिब साढे चार बजे तिर चोर्दै गरेको देखिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय प्रधानमंन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट ५० मिटर जतिको मात्रै दुरीमा पर्छ ।

देशको केन्द्रिय शासन संचालन हुने सिंहदरबारमा सर्वसाधारणलाई सहज प्रवेश छैन । मान्छेको आवतजावतको लागि एउटा मात्रै खुला रहेको दक्षिण गेटमा सुरक्षार्थ २४ सै घण्टा नेपाल प्रहरी र नेपाली सेना तैनाथ हुन्छन । जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षा निकायका व्यक्ति, पत्रकारलगायतले यहि गेटमा आफ्नो कार्यालयले उपलब्ध गराएको कार्ड देखाएर प्रवेश पाउँछन् भने सर्बसाधारणले प्रवेश गर्नको लागि भित्रबाट पास मगाउनु पर्ने हुन्छ आफ्नो चिनजान नभएको व्यक्तिलाई असम्भब जस्तै हो ।

बाहिरफेर मोटरसाइकल चोरीका घटनाहरुबारे हामीले थुप्रै सुनेको हो तर २४ सै घण्टा सुरक्षाले सजिसजाउ यस्तो हातामा 'मोटरसाइकल चोर्ने गिरोह सक्रिय हुनु र सफलता समेत पाउनुले देशको सुरक्षाको अवस्थालाई चरितार्थ गरेको छ । यहाँनिर एउटा गम्भीर प्रश्न खडा भएको छ ।

सिंहदरबार हाताभित्र पार्किङ्ग गरिएका सरकारी मोटरसाइकल समेत सुरक्षित हुँदैनन् भने बाहिरको अवस्था झन् कति भयाबह होला ? यो अनुमान लगाउन एउटा सामान्य नागरिकलाई पनि पक्कै गारो नहोला ।

मोटरसाइकल चोरीबारे हामीले प्रहरीसंग बुझ्दा चोर्ने व्यक्ति अझै फेला नपरेको र खोजि कार्य जारि रहेको जानकारी प्राप्त भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ