प्रभु र एनआईसी बैंक बाहेकका एटीएम सेवा सञ्चालनमा, आफ्नै एटीएमबाट मात्रै पैसा झिक्न मिल्ने

2019-09-01

काठमाडौं - सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंककाे एटीएम सेवा सञ्चालनमा आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएकाे छ । प्रभु बैंक र एनआईसी एशियाकाे सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।

धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनकाे भनाइ छ ।

एटीएममा कसरी समस्या आयो, अब के गर्ने भन्ने विषयमा २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए । उनका अनुसार, महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर एशोसिएसनका प्रतिनिधिहरु समेत बस्नेछन् ।

‘२ बजे प्रहरीले पत्रकार सम्मेलन राखेको छ, हामी पनि त्यहाँ हुनेछौं, विस्तृतमा जानकारी त्यहाँ आइहाल्छ’ अध्यक्ष ढुंगानाले भने ।

ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका थिए । प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेका थिए । बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।

प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ।




थप समाचार


प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पहिलो चरणमा दुई अर्ब

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पहिलो चरणमा दुई अर्ब

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई दुई अर्ब अनुदान पठाएको छ। मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि ...

तीन वर्षदेखि रोकिएको शेयर बजारमा बाँध फुट्यो, इतिहासकै सबैभन्दा धेरै कारोबार

तीन वर्षदेखि रोकिएको शेयर बजारमा बाँध फुट्यो, इतिहासकै सबैभन्दा धेरै कारोबार

काठमाडौं - शेयर बजारमा ठूला लगानीकर्ता छिर्दा अर्बौ रुपैयाँको कारोबार हुन थालेको छ। बिहीबार दोस्रो बजारमा इतिहासकै सबैभन्दा धेरै दुई अर्ब ७८ करोड रुपैयाँको कारोबार ...

पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँले घटाएको हो। घटेको मूल्य सोमबार राती ...





ट्रेन्डिङ