सुर्खेतमा भीरबाट खसालेर दर्जनौं गाईको सामुहिक हत्या, हत्यारा को हो ?

2019-08-31

सुर्खेत - सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो । नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन्।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका 2 सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन् । रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।

प्रहरीकाअनुसार मरेका गाईको विवरण संकलन भइरहेकाले अरु धेरै संख्यामा मरेको हुनसक्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा गाई कसले किन भीरबाट खसाल्यो भन्ने अनुसन्धान भइरहेको सुर्खेतका ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिंजापतिले बताए । प्रहरीका अनुसार गाई छाडेर फिर्ता भएका ट्रकलाई बबईबाट नियन्त्रणमा लिइएको छ ।

नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका छाडा चौपाया दैलेखतर्फ पठाएको बुझिएको छ । उपमहानगरपालिकाको पशुचौपाया व्यवस्थापन शाखाले दैलेखको श्रीस्थान क्षेत्रका नागरिकले गाई पाल्ने बताएपछि त्यसतर्फ गाई पठाइएको जनाएको छ।

तर गाई दैलेख नपुग्दै बीचमै भीरबाट फालिएका हुन् । खुला सिमानाका कारण भारतबाट भित्रिएका र नेपालगंजमै रहेका छाडा गाईलाई उपमहानगरले व्यवस्थापन गर्न नसकेपछि दैलेखतर्फ पठाएको थियो ।

मरेका र घाइते रहेका गाईमध्ये केहीको कानमा ट्यागसमेत लगाइएको छ । करिब तीन सयको संख्यामा गाई भीरबाट खसालिएको र जंगलमा छाडिएको भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ