पौडेल अस्वस्थ हुँदा कांग्रेस बैठक स्थगित

2019-08-29

काठमाडौँ - नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ । पहिलेदेखि ग्यास्ट्रिकको समस्या रहेका पौडेलको बुधबार नर्भिक अस्पतालमा इन्डोस्कोपी गरिएको थियो । इन्डोस्कोपीपछि डाक्टरले कम्तीमा एक दिन आराम गर्ने सुझाब दिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक बिहीबार दिउँसो दुई बजे बस्नेछ । बैठकमा समय सकिएका भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनसहित विषयमा छलफल हुँदै छ । दिउँसो दुई बजेका लागि बोलाइएको बैठकका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय सदस्य कार्यालय पुगिसकेका थिए । तर, पौडेल अस्वस्थ भएको जानकारी आएपछि बैठक स्थगित गरियो ।

जागरण अभियानबारे छलफल
बुधबार कांग्रेस पदाधिकारी बैठकमा २४ भदौदेखि सुरु हुने दोस्रो जागरण अभियानबारे छलफल भएको छ । ३३० प्रदेश सभा क्षेत्रका अभियानमा पठाइने प्रतिनिधि, कार्यक्रमको ढाँचालगायत विषयमा छलफल भएको प्रवक्ता शर्माले जनाए । अभियान आन्तरिक संगठन सुदृढीकरण र सरकारका गलत कामको भण्डाफोरमा केन्द्रित हुने शर्माले बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ