प्रधानमन्त्रीको स्वास्थ्य उपचार सिंगापुरमा जारी, स्वास्थ्य अवस्था सामान्य

2019-08-29

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आफैँले पनि आफ्नो स्वास्थ्यबारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन् ।

सिंगापुरमा उपचार गराइरहेका ओलीले बुधबार नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गरी आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले पनि बुधबारै ट्विट गर्दै सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका थिए ।

रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जनाए । केही दिनअघि रगतमा एन्टीवडीको मात्रा देखिएपछि मिर्गाैलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली भदौ ५ गते पुनः सिंगापुर गएका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् ।

प्रेस संयोजक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ