यसपालिको दशैंमा चलचित्र 'घनचक्कर', असोज १७ गते देशैभरिको हलहलमा

2019-08-28

काठमाडौँ - यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' रिलिज हुने भएको छ । असोज १७ गते यानेकि फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगातको लिड रहेको चलचित्र एकैसाथ लाग्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए ।

नायिकामा काश्मिरा लामाको डेब्यु रहेको चलचित्रमा सौगात मल्लको अलावा सलोन बस्नेत, सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायतले अभिनय गरेका छन् ।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको चलचित्रमा बिनोद खतिवडाको मुख्य सहायक निर्देशन, शान्ति तामांग र भरत रौनियारको सहायक निर्देशन, बिमल धमला प्रोडक्सन म्यानेजर, सुजन रोक्का अकाउण्टेण्ट, फाइट डिरेक्सन अष्ट महर्जन, मेकअप दिपु पौडेल, हेयर सन्ध्या पुन, आर्ट डिरेक्सन दिनेश 'गैंडा', मित्र गुरुङको सम्पादन, कथा अर्जुन सिंह, कागी लिम्बुको स्क्रिनप्ले र डाइलग, प्रदीप श्रेष्ठ र सिमोन राजबंशी कोरियोग्राफी रहेका छन् ।

भट्ट एण्ड सन्स ब्यानरबाट निर्माण भएको चलचित्रको यसअघि 'हिरो हिरो' र 'दाइको सालो' गरि २ ओटा गित रिलिज भैसकेका छन् । चलचित्रले दुई टुहुरी दिदीबहिनीको दर्दनाक कथा बोकेको जीवन यात्रामा विभिन्न सपना बोकेर शहर पसेका युवाका झुण्डहरु कसरि उनीहरुको मास्टर प्लानमा फस्छन भन्ने देखाइएको निर्देशकले बताए । छिट्टै चलचित्रको ट्रेलर रिलिज हुने उनले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ