सिंगापुरमा ज्यान छ मन नेपालमा : प्रधानमन्त्री

2019-08-28

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाे बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । मन्त्री बाँस्काेटाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली करिब एक सातापछि स्वास्थ भएर फर्किने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै हप्ता दश दिनमा स्वस्थ्य भएर फर्कने बताएका हुन् ।

‘प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलोअप हुन्थ्यो, अहिले पनि भइरहेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी ग¥यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ ।’

उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नोबारेमा चिन्ता व्यक्त गर्नेलाई धन्यवादसमेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ