एनआरएनए 'युवा संयोजक' पदमा शाहको उम्मेद्वारी, यस्ता छन् उनका संकल्पहरु !

2019-08-27

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि 'युवा संयोजक' पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । युवा ब्यबसायी शाहको अष्ट्रेलियामा कन्सल्टेन्सी, होटेल/रेष्टुरेन्ट, रियाल स्टेट, ट्राभल एण्ड टुर्स लगायतको क्षेत्रमा लगानी छ । एनआरएनएको महाधिबेशन यो बर्षको अक्टुबरमा काठमाडौँमा हुँदैछ ।

गैर आवाशीय नेपाली संघको स्थापनाकाल देखिनै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तह र तप्का रही आएका युवा तथा जुझारु व्यक्तित्व शाहले आफ्नो उम्मेद्वारी घोषणा गर्नुपुर्व केहि संकल्पहरु लिएका छन् ।

उनले नेपाल सरकारले घोषणा गरेको 'भ्रमण वर्ष २०२०' लाई सफल पार्नु आफ्नो मूल एजेन्डा रहने बताएका छन् । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने भनि यसअघि नै घोषणा गरिसकेको अवस्थामा मैले नेपालमा रहेका प्राकृतिक र सांस्कृतिक धरोहरहरुको बारेमा विदेशमा अभियान नै चलाएर सरकारको यो उदेश्य पुरा गर्न लागि पर्नेछु ।' यसका अलावा शाहले नेपाली कला, संस्कृतिलाई विश्वमा रहेका दोस्रो पुस्ता माँझ विभिन्न कार्यक्रम मार्फत पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।’

एनआरएनए र नेपालमा रहेका युवाहरुलाई एउटै छानामुनि ल्याएर 'युवा उद्धमशिलता'को विकाश गरि' सम्वृद्ध नेपाल'को लागि टेवा दिने खालको कार्यक्रम समेत ल्याउने उनले घोषणा गरेका छन् । उनले भनेका छन् - 'नेपाल बाहिर र मातृभूमिमा रहेर कर्म गरिरहेका कर्मशील युबाहरुलाई एकत्रित गर्दै देशमा लगानी र शिप भित्राउनु मेरो उदेश्य हुनेछ ।'

उम्मेदवारी घोषणासंगै 'एनआरएनए स्पोर्ट्स एकेडेमी'को स्थापना गर्न र 'एनआरएनए प्रेसिडेन्ट कप'को आयोजना गर्न शाहले विशेष पहल गर्ने बताए । उनले भने - 'युवाका लागि खेलकुद' मेरो एजेन्डा हुनेछ ।'

नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली माँझ राम्रै पहिचान बनाएका शाहले एनआरएनएका विविध मुद्दालाई स्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने दावी गरेका छन् । यसका लागि उनले एनआरएनएसंग आवद्ध सबैको साथ र सहयोगको लागि अपिल गरेका छन् । उनले भनेका छन् - तपाई सारा गैर आवासीय नेपालीहरुले आफ्नो अमुल्य साथ दिई मलाइ मैले संकल्प गरेका उपरोक्त लगायतका मुद्दाहरुको नेतृत्व गर्न अवसर दिनुहुनेछ भन्ने भरपुर बिश्वास लिएको छुँ ।'

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ