रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका ३ वटा मालबाहक सवारी राजस्व अनुसन्धानको नियन्त्रणमा

2019-08-27

काठमाडौं - रसुवागढी भन्सार हुँदै नेपाल प्रवेश गरेका तीन वटा मालबाहक सवारीसाधनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। राजस्व अनुसन्धानको टोलीले विस्तृत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले नियन्त्रणमा लिइएका ट्रकमाथि अनुसन्धान भइरहेको जानकारी दिए। विभागको टोलीले तीन दिनअघि नेपाल प्रवेश गरेका गाडीलाई रसुवा र नुवाकोटको सिमाना बेत्रावती नजिकैबाट नियन्त्रणमा लिएको थियो।

सवारीसाधनमा लत्ताकपडा रहेको विभागले जनाएको छ। भन्सार जाँचपासका क्रममा यथार्थ मूल्यांकन नभएको आशंकामा ती सवारीसाधन नियन्त्रणमा लिइएको थियो। विभागले सवारीसाधनको विस्तृत विवरण खुलाएको छैन।

केही समयअघि पनि रसुवागढी हुँदै नेपाल आएको एउटा ट्रकलाई विभागको टोलीले नुवाकोटबाट नियन्त्रणमा लिएको थियो। त्यस क्रममा भन्सार विन्दुमा घोषणा गरिएको भन्दा फरक मालवस्तु नेपाल भित्र्याएको पाइएपछि विभागले भन्सारका कर्मचारीसहित सामान आयातकर्ता र ढुवानीकर्ताविरुद्ध मुद्दा दायर भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ