भिडियोकलबाटै मन्त्रिपरिषद्‌को बैठक, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यस्तो !

2019-08-27

काठमाडौं - सोमबार नेपालको इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्‌को बैठक भिडियो कन्फ्रेन्समार्फत बस्यो। स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेकोले बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको हो।

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओली सिंगापुरबाट र मन्त्रिपरिषद्‌का अन्य सदस्यहरु सिंहदरबारबाट जोडिएका थिए। इतिहासमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट बैठक बस्ने भन्दै प्रचारबाजी गरिए पनि बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी लिनमा मात्रै सीमित भएको छ।

प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकेको बैठकमा कुनै पनि निर्णय नभएको एक मन्त्रीले जानकारी दिए। उनले भने, 'कुनै निर्णय भएन। प्रधानमन्त्रीसँग कुरा मात्रै भयो।'

सिंगापुरबाट भिडियो कलमा जोडिएका प्रधानमन्त्री ओलीसँग मन्त्रीहरुले स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।

यसबाहेक देशको पछिल्लो राजनीतिक अवस्थाको समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको ती मन्त्रीले बताए। उनले भने, ‘यहाँको राजनीतिक स्थिति र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मात्रै कुरा भयो।’

निर्णयका लागि मन्त्रिपरिषद्‌को बैठकमा कुनै पनि एजेन्डामाथि छलफल नभएको बताइएको छ।

मन्त्रिपरिषद् बैठकको अध्यक्षता भिडियो कन्फ्रेन्सबाटै प्रधानमन्त्री ओलीले गरेका थिए। प्रधानमन्त्री ओली नेपाल नफर्किन्जेल यसपछि बस्ने सबै बैठकहरु भिडियो कन्फ्रेन्समार्फत नै हुनेछन्। सोमबार र बिहीबार मन्त्रिपरिषद्‌को बैठक बस्ने प्रचलन छ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि बसेको मन्त्रिपरिषद्‌को बैठकले कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक गर्ने निर्णय गरेको थियो।

भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्रीको फर्किने मिति भने लम्बिनसक्ने बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ