रिहापछी रवि लामिछानेले भने : 'जनताको पक्षमा अब झन खरो रुपमा उत्रन्छु'

2019-08-27

काठमाडौं - टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्नालागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन । सिक्नुपर्ला, तर मैले आज जानेको चिज राजनीति होइन
उनले भने,।’

लामिछानेले भने– ‘मलाई थाहा थिएन म प्रति जनताको यति धेरै माया स्नेह र आस्था रहेछ । उहाँहरुप्रति म आभार प्रकट गर्दछु र उहाँहरुको पक्षमा अझ खरो रुपमा उत्रिनेछु ।’

उनलाई सोमवार साँझ चितवन जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यस्तै युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा अदालतले छाडेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ