सिंगापुरमा प्रधानमन्त्रीको थालियो 'प्लाज्मा फेरेसिस' उपचार, बसाइ एक महिनासम्म लम्बिन सक्ने

2019-08-25

काठमाडौं - सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गाैलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीलाई पहिलोपटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो। यही अवस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि प्रयोग गरिन्छ। नेपाल चिकित्सक संघको महासचिवसमेत रहेका चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्डीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित ताजा प्लाज्मा फेर्ने उपचार विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा तीनपटकका लागि प्रयोग गरिन्छ। त्यसपछि पनि मिर्गौलामा एन्टीबडी मात्रा घटेन भने ६ पटक प्लाज्मा फेरेसिस गरिन्छ। ‘सातपटकसम्म उक्त उपचार विधि अपनाउनु भनेको प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा एन्डीबडी धेरै नै बनेको रहेछ भन्ने बुझिन्छ,’ डा. काफ्लेले भने। प्रधानमन्त्री निकट चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको रगतमा ‘क्रिएटिनिन’ को मात्रा २ मिलिग्राम पुगेको छ।

रगतमा क्रिएटिनिनको सामान्य मात्रा पुरुषमा ०.६ मिलिग्रामदेखि १.२ मिलिग्रामसम्म हुन्छ। मिर्गौला कमजोर भएपछि क्रिएटिनिनको मात्रा बढ्ने गर्छ। क्रिएटिनिन जति बढ्यो मिर्गौलाको कार्यक्षमतामा त्यति नै ह्रास हुने चिकित्सकहरुको भनाइ छ।

डा. काफ्लेका अनुसार ६० वर्ष नाघेपछि मानिसको रगतमा क्रिएटिनिनको मात्रा बढ्दै जान्छ। प्रधानमन्त्री ओली पनि यही उमेर समूहमा पर्छन। प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलासिसमै जानुपर्ने अवस्था आउने डा. काफ्लेले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ