रेलवे स्टेशनमा गाउने 'रानु' रातरात हिट, जसको स्वर लता मंगेश्करको जस्तै छ !

2019-08-25

काठमाडौं - भाग्य कतिखेर बदलिन्छ भन्न सकिन्न। तर जब बदलिन्छ त्यो हामीले सोचेभन्दा निकै भिन्न भइदिन्छ। कतिपय अवस्थामा त त्यो सपना हो कि विपना छुट्याउनै सकिँदैन। भारतको पश्चिम बंगालको रानाघाट स्टेशनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल यी दिनहरुमा यस्तै अनुभूति गर्दै छिन्।

उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीत युट्युबमा भाइरल भएको छ। उनको आवाज सुन्नेहरुले मण्डललाई लतामंगेश्करको आवाजसँग तुलना गरेका छन्।

रेलवे स्टेशनमा उनले गाएको गीत एक यात्रुले रेकर्ड गरेर सोसल मिडियामा अपलोड गरेपछि भिडियो भाइरल भएको थियो। यही भिडियोबाट रानूले गीत गाउने अफर पाएकी छिन्। भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि‘तेरी मेरी कहानी’बोलको गीत रानूसँग रेकर्ड गराएका छन्। स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा सेयर गरेका छन्।

रानूलाई बलिउडमा इन्ट्रि गराउन मेकओभर समेत गरिएको छ। सैलुनमा उनको हेयरस्टाइल परिवर्तन गरिएको तस्विर पनि यतिबेला भाइरल भएको छ। पछिल्लो खबर अनुसार उक्त भिडियो कै कारण रानूको भेट छोरीसँग भएको छ। आमा छोरीको बिगत १० वर्षदेखि सम्पर्क हुन सकेको थिएन।

रानू मण्डलको जीवन निकै कष्टकर थियो। उनको विवाह मुम्बाइमा बाबु मण्डलसंग भएको थियो। पतिको मृत्युपछि उनी आफ्नो घर रानाघाट फर्किएकी थिइन्। उनले त्यहीँको रेलवे स्टेशनमा गीत गाएर पेट पालिरहेकी थिइन्।

अहिले रानुलाई मुम्बाइको एक रियालिटी सो ले गीत गाउन अफर गरेको छ। साथै कलकत्ता, केरला र बंगलादेशबाट पनि गीत गाउन अफर आइरहेका छन्। रानूको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ।




थप समाचार


क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन ...

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना ...

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ ...




ट्रेन्डिङ