अन्तरिक्षमा बसेर पृथ्वीमा ‘बैंकिङ अपराध’

2019-08-25

न्यूयोर्क - अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्।

सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे÷नरहेको निचोडमा पुग्न खाता हेरेको बताएकी छन्। सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए।

नियमअनुसार जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागू हुन्छ। यसअघि यस्तो कुनै अपराधको घटना भएको छैन। प्रमाणित भएमा म्याकक्लेन पहिलो ‘अपराधी’ हुनेछिन्। - बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ