४८ वटा 'नेपाल'जत्रो विशाल जंगल, जहाँ उम्लिरहेको नदी बग्दछ !

2019-08-25

एजेन्सी - विश्वको सबभन्दा ठूलो अमेजोन जङ्गलमा एक सातादेखि आगलागी भएको छ ।

आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् । आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन । दक्षिणपश्चिम ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा फैलिएको यस जङ्गलबाटै संसारभरका जीवात्माका लागि २० प्रतिशत अक्सिजन उत्पादन गर्छ ।

विश्वको सबभन्दा ठूलो जैवीक विविधता तथा सबभन्दा ठूलो नदी रहेको यस जङ्गलका डरलाग्दा र अनौठा ६ तथ्य यस्ता छन् :

१. विश्वको सबभन्दा ठूलो याे जङ्गलको अधिकांश क्षेत्रफल ब्राजिलको भूभागमा पर्छ । ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमध्ये ६० प्रतिशत ब्राजिलको भूभागमा छ । यो दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ । दक्षिण अमेरिकी मुलुक पेरुमा १३ प्रतिशत, कोलम्बियामा १० प्रतिशत र अरू बाँकी जङ्गल भेनेजुएला, इक्वेडोर, बोलिभिया, गुयना, सुरिनाम र फ्रेन्च गुयनाको भूभागमा पर्छ ।

२. अमेजोन जङ्गलको क्षेत्रफल नेपालजस्ता करिब ४८ वटा देश बराबर हो । यसभित्र कोही प्रवेश गरेमा फर्किन लगभग असम्भव छ ।

४. साहारा मरुभूमिको अधिकांश धुलो ग्रहण गर्ने क्षमता यो जंगलले राख्छ । विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजोन जङ्गलले सोस्ने गरेको छ ।

जङ्गलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस ग्रहण गर्ने गरेको छ । नासाको उपग्रहले गरेको मापनअनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजोनले साहाराबाट ग्रहण गर्ने गरेको छ । धुलोले एटलान्टिक सागरको माथि भएर उक्त दूरी पार गर्छ ।

५. यस जङ्गलभित्र एक अनौठो नदी छ । ‘बोइलिङ रिभर’ भनेर चिनिने उक्त नदीको तापक्रम ४९ देखि करिब ९४ डिग्री सेल्सियससम्म छ । यसको गहिराई १६ फिटसम्म छ ।

यस नदीभित्र कुनै पनि जीव जीवित रहन सक्दैन । कुनै जीव पानीभित्र खसेमा केही समयभित्रै त्यसको मृत्यु हुन्छ । साथै यसको किनारको बालुवा पनि अत्यन्तै तातो छ । त्यसैले त्यहाँ हिँड्न मुस्किल हुन्छ ।

यस नदीका बारे तथ्य प्राप्त नहुन्जेलसम्म यो एक मिथकका रूपमा कथा भनिन्थ्यो । भू–वैज्ञानिक आन्द्रेस रुजोले आफ्ना हजुरबुवाबाट यसबारे सुनेका थिए ।
तर जब उनी १२ वर्षका भए तब यो साँच्चिकै अस्तित्वमा छ भन्ने उनलाई लाग्यो । त्यसपछि उनले सानैमा सुनेको कथाका बारे अनुसन्धान गर्न लागिपरे र अन्ततः विशाल अमेजोन जङ्गलभित्र रहेको तथ्य पत्ता लगाए ।

६. पानीको बहाबका हिसाबले संसारको सबभन्दा ठूलो अमेजोन नदी पनि यहीँ पर्छ । यस नदीको बहाब करिब २ लाख ९ हजार घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
यस नदीमा ३ हजारभन्दा बढी माछाका प्रजाति रहने वैज्ञानिकहरूको भनाइ छ । यो नदी पौडिएर पार गर्न करिब ६६ दिन लाग्ने बताइएको छ । सन् २००७ मा मार्टिन स्ट्रेल नाम गरेका एक व्यक्तिले पौडिएर नदी पार गरेका थिए । उनी हरेक दिन १० घण्टाका दरले पौडिएर ६६ दिनमा नदी पार गरेका थिए ।




थप समाचार


पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ...

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

एजेन्सी - एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन ...

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

एजेन्सी - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोबोटहरूको लागि अन्तरिक्षमा होटल निर्माण गर्ने निर्णय गरेकाे छ। याे हाेटल रोबोटहरूका लागि मात्र हुनेछ। यो 'रोबोट होटेल'का नामले परिचित ...




ट्रेन्डिङ