एनआरएन पोर्चुगल निर्वाचन : कोषाध्यक्षमा बिक्रम कुँवरको सहज जितको संकेत

2019-08-24

लिस्बन - सन् २०१९-२०२१सम्मको कार्यकालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), पोर्चुगलको चुनाब अगष्ट २५ मा हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ, पोर्चुगलकोसन् २०१९-२०२१ सम्मको कार्यकालका लागि कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समितिका तर्फबाट बिक्रम कुँवरले उम्मेदवारी दिएका छन् । कुँवर बर्तमान समितिका सदस्य समेत हुन् ।

उनि विगत लामो समय देखि पोर्चुगल तथा स्वदेशमा समेत समाजसेवीको छवि बनाएका युवा व्यबसायी हुन् । उनको पोर्चुगलका २ स्थानमा स्थापित ट्राभल एण्ड टुर्स कम्पनी संचालनमा छन् । उनि पर्बत समाज पोर्चुगलका उपाध्यक्ष तथा तथा इन्टरनेसनल पर्बत सोसाइटीको केन्द्रिय सदस्य हुन् । युवाहरु बीच सहयोगी र मिलनसार छबि बनाएका कुँवरले उम्मेद्वारी दिनु अघि algarve र Alentejo युवाहरुसंग सल्लाह गरेर उम्मेदवारी दिएको बताए ।

Algarve मा बस्दै आएका बिनोद भण्डारीले कुँवर सहयोगी तथा साथि-भाइ बिच अत्यन्तै मिलनसार भएकोले उनैलाई नै मतदान गर्ने बताए । त्यस्तै Alentejo मा बसोबास गर्ने किरण गुरुङले आफुहरुलाई कुँवर सधै अफ्ठ्यारो पर्दा सहयोगी बनेकोले आफुहरु समक्ष उनको विकल्प नरहेको बताए ।

पोर्चुगलमा करिव २१ सय मतदाता रहेको र बहुसंख्यक सदस्य कांग्रेस निकट जनसम्पर्क समितिको रहेकोले मतपरिणाम जनसम्पर्क समितिकै पक्षमा आउने कुँवरले बताए । उनले बहुसंख्यक मतदाता जनसम्पर्क समितिमा आबद्ध रहेको र आफुले यहाँ रहे बसेका नेपाली दाजु भाइ तथा दिदि बहिनीका बिच बनाएको सहयोगी एवं मिलनसार छविका कारण सहज जित्ने संकेत समेत गरे ।

अध्यक्षमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका तिलक गैरे र नेकपा निकट प्रवासी एकता मञ्चका ईश्वर रिजाल चुनावी मैदानमा छन् । कांग्रेस निकट जनसम्पर्क समिति एक्लै चुनावी मैदानमा छ भने प्रवासी मञ्चले आदिवासी जनजाति महासंघ र संघीय समाजवादी पार्टी निकट नेपाली समाजसँग गठबन्धन बनाएको छ।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ