पत्रकार रवि लामीछानेको विषयमा नेकपा लमहीको यस्तो आयो विज्ञप्ती

सामाजिक संजालमा धारणा सार्जजनिक नगर्न कार्यकर्तालाई ह्वीप

2019-08-22

देउखुरी समाचारदाता
देउखुरी, भदौ । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानमा रहेका पत्रकार रवि लामीछाने अनुसन्धानको लागि न्यायीक हिरासतमा रहेकाले अनावश्यक भ्रममा नपर्न नेकपा लमही नगर कमिटिले आग्रह गरेको छ । नपाल कम्युनिष्ट पार्टी ( नेकपा) लमही नगर कमिटिका अध्यक्ष कुलवहादुर केसी र सचिव बसन्तराज शर्मा विक्रान्तले वित्रप्ती जारी गर्दै अनुसन्धान प्रकृयालाई समेत प्रभावित पार्ने गरी भएका गतिविधि प्रर्ति पाटीको ध्यानाकर्षण भएको जनाइएको छ ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणको सत्यतथ्य वाहीर ल्याउन सरकारसंग जोडदार मागगर्दै विज्ञप्ती जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा लिएका व्यक्तिको निष्पक्ष छानवीनमा सहयोग पु¥याउने आम नागरिकको दायित्व हो भनिएको छ ।
यस्तै विज्ञप्तीमा घटनाको अवरण भित्र गणतन्त्र विरोधी,परिवर्तन विरोधी,पर्नुउत्थानवादी उदेश्यबाट परिचालित भएको उल्लेख गरिएको छ । यस्ता क्रियाकलापले अराजकता सिर्जना गरी समग्र परिबर्तन माथि धावा बोल्ने प्रयास भइरहेको उल्लेख छ ।

अनुसन्धानलाई प्रभावित गर्ने गरी सामाजिक संजालमा धारणा सार्वजनिक नगर्नुहुन पार्टी शान्ति सुव्यवस्था कायम गर्न सहयोग पु¥याउन सहयोग गर्न कार्यकर्तालाई निर्देशन गरिएको छ ।

विज्ञप्तीको अन्त्यमा यस्ता खालका प्रदर्शन र सामाजिक संजालमा आउने धारणाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानलाई समेत प्रतिकुल प्रभाव पार्ने भएकोले यस्ता खाले गतिविधिमा सहभागि नहुन आम जनसमुदायमा आग्रह गर्दछौ भनिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ