२०२१ मा अमेरिमा आर्थिक मन्दीको त्रास

2019-08-21

वासिङटन - अमेरिकी अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरूका कारण सन् २०२१ को अन्त्यसम्म आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ। गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए। सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए। करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन्।

बैंक अफ अमेरिका मेरिल लिन्चको सर्वेक्षणले यस्तो जानकारी दिएको हो। उक्त सर्वेक्षणमा ५ खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको व्यवस्थापन गर्दै आएका संस्थाका प्रमुख समेटिएका थिए।

अर्थशास्त्रीहरूले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरूबाट भित्रिने सामानमा कर बढाएका छन्। उनले चीन, यूरोपेली मुलुकहरू, मेक्सिको र क्यानडाबाट आउने सामानमा कर बढाएका छन्। अमेरिकी अधिकारीहरूले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। यसबाट अमेरिकी व्यापारिक साझेदार मुलुक पनि असन्तुष्ट भएका छन्। उनीहरूले प्रतिशोध स्वरूप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन्।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रूपमा कमी आएको छ। राष्ट्रपति ट्रम्पले करिब ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गरेको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन्।

सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन्। करिब ५ प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन्। ६४ प्रतिशत अर्थशास्त्रीले सम्झौताको नाटक मात्र हुने बताएका छन्। करिब एक तिहाइले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन्।

सर्वेक्षणमा कर्पोरेशन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ। यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो। –एपी




थप समाचार


विश्वघटना : अफगानिस्तानमा फेरि तालिबानी आक्रमण, इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा

विश्वघटना : अफगानिस्तानमा फेरि तालिबानी आक्रमण, इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा

काठमाडौँ - अमेरिकासँगको वार्ता भंग भएपछि नै तालिबानी समूहले अफगानिस्तानमा हमला तिव्र बनाएको छ । यतिसम्म कि यहाँ हरेक दिन जस्तो हमला हुँदैछ । यस्तै ...

विश्वघटना : अफगानिस्तानमा राष्ट्रपतिलाई लक्षित गर्दै हमला, अमेरिकालाई इरानको चेतावनी

विश्वघटना : अफगानिस्तानमा राष्ट्रपतिलाई लक्षित गर्दै हमला, अमेरिकालाई इरानको चेतावनी

तेहरान - इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले अमेरिकासँग अमेरिकासँग वार्ता नहुने चेतावनी दिएका छन् । साथै तेहरानमाथि दबाव दिने अमेरिकी दबावको नीति पनि असफल ...

साउदी अरबको तेल खानीमा ड्रोन आक्रमण

साउदी अरबको तेल खानीमा ड्रोन आक्रमण

एजेन्सी - ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको छ । अरामकोको सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा ...





ट्रेन्डिङ


वामदेव गौतम कास्की-२ बाट यसकारण चुनाव नलड्ने

काठमाडौं - नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय

विद्यार्थीसँग असुलेको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

चितवन - चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा

अकुत सम्पत्ति जोड्ने २० ‘हाइप्रोफाइल’ छानविनमा, अख्तियारका पूर्वप्रमुखसँग एक अर्बभन्दा बढी सम्पत्ति

काठमाडौँ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन गरिरहेको छ । बस्न्यातसँग अर्बभन्दा

मर्जको प्रकृयामा सहकारी तेजस्वी र मातृभूमि  मर्ज हुँदै

दिवाकर पोख्रेलदेउखुरी, असोज। उदेश्य मिल्ने सहकारीको मर्जको नीति सरकारले अघि सारेसंगै सहकारी संस्थाहरु मर्जको प्रकृया शुरु हुन थालेको छ । सहकारी संस्था

आफ्नै पार्टीका सांसदसँग यसकारण रुष्ट छन् ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई दिने तयारी

काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण

देशका मध्य र पूर्वी भागमा अझै वर्षाको सम्भावना

काठमाडौँ - नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा

म्याग्दीको कोटखोलामा बाढीले ५ घर बगायो, दुई बालिका बेपत्ता

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र

'सी जिनपिङ विचारधारा विश्व व्यवस्थाको नयाँ ढोका’ : घनश्याम भुसाल

काठमाडौँ - नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले सी जिनपिङ विचारधारा र बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)ले विश्व व्यवस्थाको नयाँ ढोका खोल्न सक्ने दाबी गरेका छन्