नेपाली चलचित्र 'घरजम'को हङकङमा प्रिमियर शो हुने, यस्तो बन्यो टिजर !

2019-08-20

काठमाडौँ - मौसम लिम्बुको निर्देशनमा तयार भैरहेको चलचित्र 'घरजम’को टिजर हङकङबाट सार्वजनिक गरिएको छ । निर्मातात्रय किशोर पंधाक, सिता पंधाक र इत्छिब्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङब्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर सार्वजानिक गरिएको हो ।

जानकारी सभामा चलचित्रबारे निर्देशक मौसम इम्बुङले हङकङबाटै सोच बढेको, लगानी पनि हङकङ बाटै भएको 'घरजम'लाई हङकङ बाटै टिजर र पोष्टर सार्वजानिक गर्न पाउनु खुशीको कुरो भएको बताए । निर्माता किशोर पंधाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको जनाए । पुर्वी नेपालको जनजीवन समेटेर नयाँ चलचित्र निर्माण भएको हो । उपेन्द्र सुब्बाको कथा संग्रह 'लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेत समेटिएको चलचित्र 'घरजम’ पाँचथरको याङवरक र उपत्याकाको ललितपुरमा छायांकन गरिएको हो ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ , सुष्मा लिम्बू, किशोर पंधाक, सीता तुम्बापो पंधाक, हेमराज अन्छङबो , बबिता फोम्बो,इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ , बाबा मेन्याङबो , सञ्जय निब्लेकु, दिनेश माङमु,नुनाम केरुङ , पुर्णिमा लिम्बू, कमिता तुम्बापो, टीआर सेनेहाङ , वीरेन्द्र खाम्धाक (सिक्किमे कलाकार), स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याब्बो, सीता योब्यालगायतका कलाकारले अभिनय गरेका छन् ।

आशिष तावा र नुनाम केरुङले स्थानीय संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माब्मु, प्रोडक्सन म्यानेजर विमल धमला, छायांकन युवराज राई, श्रृङ्गार विनोद तामाङ , कास्टिब डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे रहेका छन् । रोमियो फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र घरजम चलचित्रलाई आगामी १५ सेप्टेम्बर २०१९ (०७६ भदौ १५) आईतबार बेलुकी ७ः३० बजे हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलबाट ग्राण्ड प्रिमियर शो गरिने प्रोडक्सन म्यानेजर विमल धमलाले जानकारी दिएका छन् । उनले भने: 'चलचित्र 'घरजम'ले हाम्रै समाज भित्रको कथालाई जस्ताको तस्तै उतारेको छ, फिल्म कमिड़ी भएकोले दर्शकलाई भरपुर मनोरंजन दिनेछ ।' 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ