छुटेनन रवि : रवि लामिछानेसहित तिनै जनालाई अर्को ५ दिन थुनामा राख्न अदालतको अनुमति

2019-08-20

काठमाडौं - रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने सहित तिनै जनालाई यस अघि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको थियो ।

आज फेरी जिल्ला अदालत चितवनले लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

तीनै जनाको बयान सकिएको छ। अब उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्नेछ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको हो।

उनी मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरु अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेसहित कँडेल कार्कीको नाम लिएका थिए। सोही भिडियोका आधारमा पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरुलाई काठमाडौबाट पक्राउ गरी चितवन लगेको थियो।

लामिछाने न्युज २४ टेलिभिजनको कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता हुन भने कँडेल पनि सोही कार्यक्रमसँग आबद्ध पत्रकार हुन्।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने रविलगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेलसहितले बहस गरेका थिए।

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ