2019-08-20 |
काठमाडौं - सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको 'व्यापक' सरुवा गरेको छ। त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीअनुसार श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। उनी गृहसचिव हुने दौडमा थिए। भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिँचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ। उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन।
पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ। उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ।
सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन। स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरुको नाम सुनाइएको थियो। त्यसमाथि केही मन्त्रीहरुले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको थियो।
स्रोतहरुले दिएको जानकारीअनुसार केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरु सरुवाको सूचीमा छन्। प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश ५ का प्रमुख सचिव डा तीर्थ ढकाल काठमाडौं आउँदैछन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकाश पाउने राजस्व सचिव लालशंकर घिमिरेको अवकाश स्वीकृति पनि सोमबार नै गरिएको छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...