उपेन्द्र यादवको चेतावनी : 'संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं'

2019-08-18

गोरखा - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारको कामबाट आफू उत्साहजनक हुन नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले भने, ‘दुई तिहाइको सरकार छ, इतिहासकै बलियो सरकार हो यो, तर काममा कुनै उत्साह देखिएको छैन ।’ सरकारले राम्रो काम गरोस् भन्ने अपेक्षा गरे पनि सरकार सही ढंगले अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘समष्टिगत रुपमा हेर्दा उत्साहवर्द्धक अवस्था बनिसकेको छैन’, उनले भने , ‘दुई तिहाइको सरकार, त्यो पनि कम्युनिष्ट पार्टीको सरकारबाट जनताले ठूलो अपेक्षा गरेका छन्, त्यो अपेक्षालाई पूरा गर्न सकिन्छ कि सकिन्नँ भनेर शंका गर्नुपर्ने अवस्था पो भैसक्यो त ।’

गरिबी, बेरोजगारीका समस्या, भूमिलाई आधुनिकीकरण गर्ने, आर्थिक अवस्थामा सुधार, औद्योगिकीकरण, बाहिरी प्रविधि भित्र्याउने लगायतका कुनै पनि काम सरकारबाट हुन नसकेको उनको भनाइ छ ।

संविधान संशोधनको शर्तमा मात्रै आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै उनले त्यो पूरा नभए सरकारबाट बाहिरिने बताए । ‘उहाँहरुले संविधान संशोधनको प्रतिबद्धता गर्नुभयो, हामी दुई तिहाइ पुर्‍याइदिन सरकारमा गयौंँ’, उनले भने , ‘ओलीजी, प्रचण्डजीलाई भेट्दा हुन्छ हुन्छ भन्नुभएको छ, आशा छ छिट्टै प्रतिबद्धता पूरा गर्नुहोला ।’

हरेक पालिकामा १५ शय्याको अस्पताल स्थापनाका लागि सरकारले प्रयास गरिरहेको मन्त्री यादवको भनाइ छ । आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसँगै अस्पताल स्थापनाको कामलाई अघि बढाइने मन्त्री यादवले बताए । स्वदेशमै राम्रो उपचार हुने अवस्थामा पनि नेताहरु उपचारका लागि विदेश जाने प्रवृत्ति कायम रहेकोमा उनले चिन्ता जनाए ।
‘एक दुई रोग बाहेक अरु सबै रोगको उपचार नेपालमै हुन्छ’, मन्त्री यादवले भने, ‘सरकारले नयाँ स्वास्थ्य नीतिमा विदेशमा उपचार गर्न जाने नेतालाई खर्च दिन बन्द गरिसक्यो, जोसँग धेरै पैसा छ, उहाँहरु जानुहुन्छ, त्यसलाई रोक्न सकिँदैन ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ