सुनको भाउमा अचाक्ली वृद्धि भएपछि कारोबार शुन्यजस्तै

2019-08-18

काठमाडौँ - सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो । दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ । सुनको भाउ अकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको देखिन्छ । सुनपसल सुनसान देखिएका छन् । कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन । बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित बनेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका इरान तनाव र भारतको कस्मिर विवादले सुनको भाउ अन्तर्राष्ट्रियस्तरमै अकासिएको हो । शनिबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार पाँच सय १५ अमेरिकी डलर पुग्यो । दुई साताअघि एक हजार चार सय ५० डलर थियो । एक महिनायता मात्र प्रतिऔँस ८६ डलर बढिसकेको छ । ६ महिनाको तुलना गर्ने हो भने प्रतिऔँस एक सय ९५ डलरले बढेको छ ।

सुनको सबैभन्दा उच्च मूल्य सन् २०१० र २०११ को बीचमा भएको थियो । त्यसवेला प्रतिऔँस एक सय नौ डलरसम्म पुगेको थियो । त्यो नेपाली बजारमा ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यसवेला अहिलेभन्दा नेपाली रुपैयाँ डलरसँग मजबुत भएकाले सुनको मूल्य ६३ हजार तीन सयमै समेटिएको थियो ।

यस्तै परिस्थिति रहे आगामी साता पनि मूल्य बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मोहनकुमार विक बताउँछन् । ‘तर, के हुन्छ ठ्याक्कै अनुमान गर्न कठिन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा प्रभाव पर्छ । अहिलेको परिस्थितलाई हेर्दा आगामी दिन पनि बढ्ने अनुमान गर्न सकिन्छ ।’

भारत र कस्मिरबीच भएको तनावका कारण एसियाली बजारमा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । ‘अहिले भारतीय रुपैयाँ कमजोर भएको छ,’ उनले भने, ‘यसका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको छ । त्यसैले सुनको मूल्य बढेको हो ।’

६ वर्षअघि ०७० ताका सुनको भाउ आकासिँदै प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । त्यसवेला सुन विश्लेषकले अझ बढेर ७० हजार नाघ्ने अनुमान गरेका थिए । तर, त्यसविपरीत भाउ घट्दै ४७ हजार ८ सयमा आयो । ‘त्यसवेला ग्राहक मात्रै होइन व्यवसायीसमेत मारमा परेका थिए,’ उनले भने, ‘त्यसैले सुनमा संयमित भएर लगानी गर्नुपर्छ ।’

‘कारोबार शून्य बराबर’
सुनको मूल्य चुलिएपछि कारोबार शून्य बराबर देखिएको सुन चाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘अहिले बजारमा पुरानो गहना बिक्री गर्न आउने मात्रै छन् । खरिद गर्ने शून्य छन्,’ उनले भने, ‘यस्तै अवस्था केही दिन रहे पसल बन्द गरेर बस्नुपर्ने हुन्छ,’ उनले भने । उनका अनुसार चाडपर्व नजिकिएकाले एकदमै आवश्यक पर्नेले मात्रै न्यून मात्रामा सुन खरिद गरेका छन् । अन्यथा बढेको मूल्यमा पुराना सुन बिक्री गर्न आउने ग्राहक बढेको उनले जानकारी दिए ।

अमेरिका–चीन–इरान व्यापार युद्ध
अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय पुँजीबजारमै लगानीकर्ता निरुत्साहित भएका छन् । अमेरिकाले चीनबाट हुने तीन सय अर्ब डलरको आयातमा १० प्रतिशत कर लगाएको छ । यसले सेयरको भाउमा ठूलो गिरावाट ल्याएको छ । सेयरबजारमा चलखेल हुने पैसा बैंकमै थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले ब्याजदरमा ठूलो कटौती गरेका छन् । फेडरल रिजर्भ बैंकले गत महिनादेखि शून्य दशमलव २५ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले ब्याज घटाएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।

भारतको कस्मिर विवाद
भारतको कस्मिर विवादले पनि भारतीय रुपैयाँ डलरसँग कमजोर बनेको छ । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेकाले पनि त्यसको असर यहाँ परेको हो ।

नेपाली मुद्राको अवमूल्यन
भारतीय मुद्राको अवमूल्यनसँगै नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । एक महिनाअघिको तुलनामा नेपाली मुद्रा प्रतिडलर चार रुपैयाँले कमजोर भइसकेको छ । असार अन्तिम साता प्रतिडलर एक सय १० रुपैयाँ नेपाली मुद्रा रहेकामा अहिले एक सय १४ रुपैयाँ नाघिसकेको छ । यसले पनि सुनको भाउ बढाउन मद्दत पुगेको हो ।

वर्षमा साढे ३४ अर्बको सुन आयात

बढ्दो सुनको मूल्यले बजारमा यसको आयातलाई भने कुनै असर गरेको दैखिँदैन । भाउ अकासिँदै गर्दा आयातमा शिथिलता आउनुपर्नेमा अझ बढेको देखिन्छ । भन्सार विभागका अनुसार गत आवमा ३४ अर्ब ६१ करोड रुपैयाँबराबरको सात हजार चार सय ९३ केजी सुन आयात भएको थियो । अघिल्लो आव ०७४/७५ मा भने ३१ अर्ब ९७ करोड रुपैयाँबराबरको सात हजार दुई सय ३२ केजी सुन आयात भएको थियो । गत वर्ष आयातको तुलनामा साढे तीन प्रतिशत बढीले सुन आयात भएको हो । रुपैयाँमा तुलना गर्ने हो भने आव ०७४/७५ को तुलनामा ०७५/७६ मा आठ प्रतिशतले बढी आयात भयो ।

आव ०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँबराबरको पाँच हजार चार सय ५० केजी सुन आयात भएको थियो । आव ०७२/७३ मा १६ अर्ब सात करोड रुपैयाँबराबरको ४ हजार १ सय ६५ केजी भित्रिएको थियो ।


नयाँ पत्रिका




थप समाचार


पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँले घटाएको हो। घटेको मूल्य सोमबार राती ...

विकास खर्च अत्यन्तै निरासाजनक : ७ महिनामा केन्द्रको १९%, प्रदेशको १६% मात्रै

फेरि पनि असारे विकासको प्रतीक्षा
विकास खर्च अत्यन्तै निरासाजनक : ७ महिनामा केन्द्रको १९%, प्रदेशको १६% मात्रै

काठमाडौँ - विनियोजित पुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या केन्द्रबाट प्रदेश सरकारहरूमा पनि सरेर गएको छ । चालू आर्थिक वर्षको सात महिना बित्दा पनि संघीय सरकारले ...

सरकारले किन घटायो खर्च र राजस्व लक्ष्य ?

सरकारले किन घटायो खर्च र राजस्व लक्ष्य ?

काठमाडौं - सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६÷७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ ...





ट्रेन्डिङ


संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा

गोकुल बाँस्कोटाको घुसको अडियोबारे  ओली र प्रचण्डबिच छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका