चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

2019-08-18


काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारको प्राथमिकता हो। तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो। अब काम अघि बढेको छ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ। केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास छ।

काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ। नेपालमा चिनियाँ उच्च नेतृत्वको भ्रमण हुने तयारी छ। नेपालले चिनियाँ उच्च नेतृत्वसँग काठमाडौं जोड्ने रेलमार्गका लागि अनुदान दिन माग गर्नुपर्ने विज्ञहरूको सुझाव छ। तर भारतीय बजार सुनिश्चित हुँदामात्र चीनले नेपालतर्फ रेल ल्याउने चर्चा छ। त्यस कारण तत्काल उच्चस्तरको भ्रमण हुनुपर्ने अधिकारीहरू बताउँछन्। ‘केरुङ आइपुग्ने रेलमार्ग मानसरोवरतर्फ पनि जाने भनिएको छ। तर, अहिले सिगात्सेबाट करिब २ सय किलोमिटर अघि बढाएर आलीतर्फ लैजाने तयारी पनि रहेकाले यो मार्ग सीधै केरुङ आउने वा मआली (मानसरोबरको फेदी) पुग्ने हो निश्चित छैन’, ल्हासाबाट एक अधिकारीले भने, ‘जे होस् सिगात्सेबाट केरुङतर्फ रेलमार्ग सोझिएको छ।’

काठमाडौं केरुङ रेलको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदन एक वर्षअघि तयार भएको छ। चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा चाइना फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो। त्यसपछि नेपाल र चीनबीच दुईपटक छलफल भएको छ।

ल्हासास्थित महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले सीमामा रेल ल्याउने चिनियाँ प्राथमिकता रहेको बताए। उनले भने, ‘सिगात्सेबाट नेपालतर्फ रेल अघि बढ्छ तर यो भूगोल जटिल भएकाले निर्माणमा समय बढी लाग्न सक्छ।’

रेल परियोजनाका लागि सुरक्षाको ग्यारेन्टी, सुरुङ खन्दाको माटो व्यवस्थापन, वातावरणीय प्रभावलगायत विषयमा चीनले नेपालको साथ मागिरहेको छ। सबै परीक्षणपछि सम्भाव्यता अध्ययन पूरा हुनेछ र पूर्ण डीपीआर निर्माण अघि बढ्नेछ। यसमा नेपालले चीनको सहयोग माग गरिरहेको छ।

चिनियाँ पक्षले भने नेपालले तयारी अगाडि नबढाएको बताउँदै आएको छ। हिमाली भेग र संरक्षण क्षेत्र पर्ने हुनाले चीनले पनि नेपालको स्वीकृति कुरेको हुन सक्ने अधिकारीहरूले बताए। हिमाल छेड्ने वा माथिबाट ल्याउने विषय मुख्य चासो हो। हिमालका विषयमा चीन अग्रसर हुँदा विश्वको एजेन्डा बन्न सक्ने हुनाले यसमा चीन सचेत देखिएको ती अधिकारीको दाबी छ। निकै महँगो उक्त रेलमार्ग भूराजनीतिक आर्थिक दुवै पक्षसँग जोडिएको हुनाले केरुङसम्म आउने विषय पनि महत्त्व पाएको हो।




थप समाचार


चीन-नेपाल सहमति : सगरमाथाको उचाई संयुक्त रुपमा नापेर घोषणा गर्ने

चीन-नेपाल सहमति : सगरमाथाको उचाई संयुक्त रुपमा नापेर घोषणा गर्ने

काठमाडौं - नेपाल र चीनबीचमा भएको १४ बुदेँ संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ। दुवै देशको सीमा छुट्टाउने विश्वकै अग्लो सगरमाथाका विषयमा दुई देशको ...

पोखरा-मनाङ अब हप्तामा एक उडान गर्ने तयारी

पोखरा-मनाङ अब हप्तामा एक उडान गर्ने तयारी

पोखरा - हिमाल पारिको जिल्ला मनाङको हुम्दे विमानस्थलमा पक्की रनवे बनेको ६ वर्षपछि पोखरा-मनाङ हप्ताको एक उडान भर्ने तयारी गरिएको छ। २०७० मा मनाङको हुम्देस्थित ...

‘म्यान भर्सेस वाइल्ड’ ग्रेल्सको यात्रा : ओबामा, मोदीलाई जंगल घुमाउनेदेखि सगरमाथा चुचुराेसम्म

‘म्यान भर्सेस वाइल्ड’ ग्रेल्सको यात्रा :  ओबामा, मोदीलाई जंगल घुमाउनेदेखि  सगरमाथा चुचुराेसम्म

लण्डन - डिस्कभरी च्यानल हेर्नुभएकै होला, त्यहाँ प्रशारण हुने ‘म्यान भर्सेस वाइल्ड’मा देखिने बियर ग्रेल्स एक साहसी र रोचक पात्र लाग्छन् । बेलायती खोजकर्ता बियरको जीवन ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक