‘म्यान भर्सेस वाइल्ड’ ग्रेल्सको यात्रा : ओबामा, मोदीलाई जंगल घुमाउनेदेखि सगरमाथा चुचुराेसम्म

2019-08-18

लण्डन - डिस्कभरी च्यानल हेर्नुभएकै होला, त्यहाँ प्रशारण हुने ‘म्यान भर्सेस वाइल्ड’मा देखिने बियर ग्रेल्स एक साहसी र रोचक पात्र लाग्छन् ।

बेलायती खोजकर्ता बियरको जीवन अनवरत रुपमा ‘एड्भेन्चर’ले भरिएको छ । परिवारले उनलाई दिएको नाम एड्वर्ड माइकल ग्रेल्स थियो । ‘बियर’ चाहीँ उनकी दिदीले जन्मिएको केही हप्तामै ‘निकनेम’ राखिदिएकी थिइन् ।

बियर पढाइको लागि बेलायतको आकर्षक स्कुल एटोन कलेज पुगे । र त्यहाँ उनले चर्चित संस्थाको माउन्टेनियरिङ क्लब स्थापना गरे । जहाँ उनले यसबारे शीप पनि सिक्ने मौका पाए । त्यसबेला सिकेका शीप उनले पछि टेलिभिजन शो मा पनि प्रयोग गर्न पाए ।

टिभी शो मा जोखिम मोल्ने ग्रेल्सले आफ्नो स्कुले जीवनमा भने साथीहरुको ‘बुलिङ’को पीडा खेप्नु पर्यो । साथीहरुको दवाव झेल्न पनि उनले केही साथीसँगै कराते सिकेका थिए । पछि साथीहरुले कराते छोड्दै गए । सिक्न थालेको तीन वर्षपछि नै उनले करातेको ‘ब्ल्याकबेल्ट’सम्म लिन सफल भए । साथै कराते खेल्न जापान जाने बेलायती कराते युनियनको कान्छो व्यक्ति समेत बने उनी ।

संसारकै प्रसिद्ध कराते ग्रान्डमास्टरमध्ये एक सेन्सेइ याहाराबाट समेत कराते सिक्न पाएको बताउँछन् ग्रेल्स । जुन कुरा उनले आफ्नो ‘मड, स्वीट एन्ड टियर्स’मा उल्लेख गरेका छन् । ग्रेल्सले त्यहाँ रहँदा जटिल तालिम समेत लिने मौका पाएको बताएका छन् । ग्रेल्सका बावु माइकल ग्रेल्स १९८० को दशकमा तत्कालिन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरका निकटस्थ नेता थिए । उनी सांसदको रुपमा समेत थ्याचरलाई सघाएका थिए ।

भारतसँग सम्बन्ध
वाट्टी नाम गरेका बियरका एक साथी थिए । उनैसँग मिलेर बियर भारत पुगे । जहाँ उनी युवाहरुलाई माउन्टेनियरिङ तालिम दिन चाहन्थे । भारतमा केही महिना उनीहरुले हिमालय क्षेत्र र दार्जिलिङमा बिताए । यसबीचमा इन्डियन हिमालयन गाइड नामको संस्थाले चलाएको ‘विन्टर माउन्टेनियरिङ स्कुल’ समेत उनीहरुले भ्रमण गरे ।

भारत छाड्नुअघि बियर कलकत्ता पुगे जहाँ मदर टेरेसाको ‘मिसन अफ मेर्सी’ मुख्यालय थियो । बियर उनलाई त्यहाँ भेट्न चाहन्थे । उनले आफूसँग भएको केही रकम दान पनि गरे । त्यहाँ उनले एक प्रतिक्रिया समेत लेखेका थिए । दुई महिनापछि मात्रै मदर टेरेसाले ‘धन्यवाद’ भन्दै बियरको जवाफ फर्काएकी थिइन् ।

भारत भ्रमणबारे उनले धेरै ठाउँमा बोलेका पनि छन् । आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् । भारत आफूले असाध्यै मन पराउने ठाउँ र लामो समय बिताउन चाहेको ठाउँको रुपमा उनले प्रशंसा गरेका छन् ।

सेनामा पनि
१९९४ देखि १९९७ सम्म उनले सिक्किम र पश्चिम बंगालका धेरै हिमालयन क्षेत्रमा हाइकिङ गरेका थिए । ग्रेल्सले भारत भ्रमणपछि भने भारतीय सेनामा भर्ती हुन चाहेको पनि बताएका थिए । उनी यसबाट प्रभावित बनेको उल्लेख गरेका छन् ।

उनले बेलायती सेनामा रहेर पनि काम गरे । जहाँ उनी डेजर्ट, विन्टर वारफेर, क्लाइम्बिङ, प्यारासूटिङबारे धेरै तालिम दिए । यस्तै सर्भाइभल इन्स्ट्रक्टरको रुपमा दुईपटक त उत्तर अफ्रिका पुगे । केन्यामा प्यारासुट दुर्घटनापछि भने उनले सैन्य सेवा छोडे ।

सगरमाथाको आरोहण
१६, मे १९९८ मा ग्रेल्सले बाल्यकालदेखिकै सगरमाथा चढ्ने सपना पूरा गरे । उनी प्यारासुट दुर्घटनामा चोट लागेको १८ महिनापछि नै सगरमाथा चढेका थिए । ग्रेल्सले आमादब्लम पनि आरोहण गरिसकेका छन् ।

मोदीसँग ‘एडभेन्चर’
यही अगष्ट १० मा ग्रेल्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जंगल घुमाए । यसअघि उनले बाराक ओबामा लगायत उच्च पदस्थ व्यक्तिलाई समेत जंगल घुमाइसकेका छन् ।

जब कि, मोदीसँगको एड्भेन्चरको भिडियो निकै विवादमा पर्यो । भारतमा त यसको ट्रेलरलाई लिएर चर्को आलोचना भयो । भारतीय सेना युद्ध गरिरहँदा मोदीले डिस्कभरी च्यानलका लागि ग्रेल्ससँग भिडियो सूटिङ गरिरहेको भन्दै यसबारे आलोचना भएको थियो । ग्रेल्सले भने मोदीसँग एड्भेन्चरको बेला निकै रमाइलो गरेको म्यान भर्सेस वाइल्ड सार्वजनिक भइसकेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ