नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली

2019-08-18

काठमाडौं - नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

नेकपाकै एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो।’

ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ। झन्डै दुई साताअगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्कातिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ।

सुरुमा दाहालको प्रस्तावमा संगठन विभाग प्रमुखमा प्रस्तावित गौतमलाई प्रधानमन्त्री ओलीले पार्टीभित्र संगठन विभाग मात्र होइन, विगतको आफ्नो वचनअनुसारकै (नवौं महाधिवेशनका बेला भएको सहमति कार्यान्वयन) अन्य जिम्मेवारीको पनि प्रस्ताव गरेपछि नेकपाभित्र राजनीतिक समीकरण फेरबदल भएको थियो।

ओली–गौतम सम्बन्ध गौतमको २८ असारमा परेको जन्मदिनमा ओलीले बालुवाटारमा दिएको भोजदेखि नै विस्तार भएको थियो। ओलीले गौतमका बाबु–छोरालाई बालुवाटारमा बोलाएर जिम्मेवारीका वियषमा छलफल गरेपछि दुई नेता नजिकिएका थिए।

२७ साउनमा अध्यक्ष ओली सिंगापुरबाट फिर्कंदा गौतम पुष्पगुच्छा बोकेर स्वागतका लागि पुगेका थिए। भोलिपल्टै गौतमलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोजसमेत दिएका थिए। भोजका क्रममा ओली र गौतमबीच चार घण्टासम्म भएको छलफलपछि गौतमलाई उपाध्यक्षको पद सिर्जना गर्ने समझदारी बनेको थियो।

शुक्रबारको सचिवालय बैठकपछि नेकपाभित्र ओली, दाहाल र वामदेवको धुव्रीकरण र वरिष्ठ नेता माधव नेपालको कित्ता अलग्गै देखिन पुगेको छ। त्यत्तिमात्रै होइन, नेकपामा अहिले नेपाल र झलनाथ खनालसँगको सम्बन्धमा पनि ओलीले खेल्न खोजेको नेपाल पक्षले बुझेको छ। १४ महिनाअगाडिको नेता खनालको वरीयता विवादको प्रस्तावलाई फेरि ओली–दाहालले सचिवालय बैठकमा ब्युँताइदिएपछि नेपाल पक्ष झस्किएको छ।

पार्टीमा पनि बलिया छन् गौतम

तत्कालीन एमालेभित्र ओली र नेपालपछि गौतम बलिया थिए। तत्कालीन माले समूहको नेतृत्वमा रहेका कारण पार्टीभित्र उनको छुट्टै हैसियत थियो। नवौं महाधिवेशनमा ओली–गौतमको समीकरण बनेकै कारण ओलीले अध्यक्षमा जिेतका थिए।

पार्टी एकतापछि निरन्तर कमजोर बन्दै जान थालेपछि उनी निकटका केही नेताहरूले गुट अदलबदलसमेत गरे। त्यतिबेला गौतमले आफ्नो समूहलाई छिन्नभिन्न पार्ने प्रयास भइरहेको बताएका थिए। तर पनि उनको नेकपाभित्र ओली, दाहाल, नेपालपछि रामबहादुर थापासरहकै गुटको प्रतिनिधित्व गर्थे। पार्टी केन्द्रीय समितिको ४४१ सदस्यमा झन्डै ५ प्रतिशत नेता गौतमसँग छन्। केन्द्रीय समितिमा केशवलाल श्रेष्ठ, दलबहादुर राना, बलराम बाँस्कोटा, राधा ज्ञवाली, हरिप्रसाद पराजुली, सावित्रीकुमार भुसाललगायत नेता गौतम पक्षका छन्।

शुक्रबार थपिएका प्रदेश पदाधिकारीसहित प्रदेशका ४२ पदाधिकारीमा गौतम पक्षका तीन नेता जिम्मेवारीमा छन्। जिल्ला अध्यक्षमा गौतमका ८ नेता छन्। पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जमा उनी पक्षका एक दर्जन नेताले जिम्मेवारी पाएका छन्। यसैबीच नेकपा सचिवालय बैठक आइतबार बस्दैछ।

 


अन्नपुर्ण




थप समाचार


चीनियाँ राष्ट्रपतिले नभेटेकोमा बाबुरामको असन्तुष्टि

चीनियाँ राष्ट्रपतिले नभेटेकोमा बाबुरामको असन्तुष्टि

काठमाडौं - चीनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण र राजनीतिक दलका नेताहरुको भेटमा मधेशवादी दल र आफ्नो दललाई नभेटेपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी दल नेपालका संयोजक ...

रेलवे स्टेशनमा गाउने 'रानु' रातरात हिट, जसको स्वर लता मंगेश्करको जस्तै छ !

रेलवे स्टेशनमा गाउने 'रानु' रातरात हिट, जसको स्वर लता मंगेश्करको जस्तै छ !

काठमाडौं - भाग्य कतिखेर बदलिन्छ भन्न सकिन्न। तर जब बदलिन्छ त्यो हामीले सोचेभन्दा निकै भिन्न भइदिन्छ। कतिपय अवस्थामा त त्यो सपना हो कि विपना छुट्याउनै ...

अन्तरिक्षमा बसेर पृथ्वीमा ‘बैंकिङ अपराध’

अन्तरिक्षमा बसेर पृथ्वीमा ‘बैंकिङ अपराध’

न्यूयोर्क - अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ...





ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक