२८ बैंकको नाफा ६५ अर्ब ३९ करोड, हेर्नुहोस कुनले कति कमाए !

2019-08-17

काठमाडौं - २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ। वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन।

बैंकहरूले स्प्रेडदर गणनामा निक्षेपको कुल लागतलाई ऋण र लगानी (सरकारी ऋणपत्रमा गरिने लगानी) को प्रतिफलबाट घटाएर स्प्रेड गणना गर्दै आएका छन्। बैंकहरूले सरकारी ऋणपत्रमा पाउने ब्याजदर न्यून हुने हुँदा कर्जा र लगानीतर्फको भारित औसत कम हुन जान्छ। भारित औसत भन्नाले निश्चित अवधिभित्रको सबै कर्जा र लगानीको ‘प्रडक्ट’ मा कायम ब्याजको औसतमा निक्षेपका सबैखाले स्किममा दिइएको ब्याजको औसत गणना गर्ने विधि हो।

यद्यपी राष्ट्र बैंकले चालू वर्षको अन्त्यबाट कर्जातर्फको औसत ब्याजदर र निक्षेपको औसत ब्याजदर घटाएर स्प्रेडदर गणना गर्नुपर्ने व्यवस्था गरेको छ। स्प्रेडदर पनि ४.४ प्रतिशतमा सीमित गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थाले बैंकहरूको नाफामा उल्लेख्य ह्रास आउने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन्। ‘बैंकहरूले ऋण र लगानीबाट आर्जन गर्छन् भने निक्षेप उनीहरुको लागत हो,’ दाहालले भने, ‘वास्तविक मध्यस्थता शुल्क गणना गर्दा कर्जा लगानीजस्तै बैंकले सरकारी सुरक्षणमा गर्ने लगानीलाई समेत हेरेर निक्षेपमा उनीहरूको लागत घटाउनुपर्छ।’

गत आवमा सबैभन्दा बढी नाफा गर्ने पहिलो पाँच बैंकमा राष्ट्रिय वाणिज्य बैंक (पाँच अर्ब ३३ करोड रुपैयाँ), कृषि विकास बैंक (चार अर्ब ३५ करोड), नबिल बैंक (चार अर्ब २९ करोड), नेपाल इन्भेस्टमेन्ट बैंक (तीन अर्ब ४२ करोड) र एनआईसी एसिया बैंक (तीन अर्ब ५ करोड) छन्।

सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक (७६ करोड चार लाख रुपैयाँ), सेन्चुरी बैंक (८६ करोड ८ लाख), कुमारी बैंक (एक अर्ब ३३ करोड), जनता बैंक (एक अर्ब ३४ करोड) र सिटिजन्स बैंक (एक अर्ब ४९ करोड) छन्।

आव ०७४/७५ तुलनामा गत आवमा नेपाल बैंकको नाफा १८.७७ प्रतिशतले घटेर दुई अर्ब ६१ करोडमा सीमित भएको छ। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेपछि नाफा ६.६६ प्रतिशतले घटेर चालू आवमा तीन अर्ब ४२ करोड खुद नाफा आर्जन भएको छ। सेन्चुरी कमर्सियल बैंकको नाफा पनि आव ०७४/७५ को तुलनामा ५.६४ प्रतिशतले घटेर ८६ करोड ८ लाख रहेको छ।

 


अन्नपुर्णबाट




थप समाचार


पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँले घट्यो

काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँले घटाएको हो। घटेको मूल्य सोमबार राती ...

विकास खर्च अत्यन्तै निरासाजनक : ७ महिनामा केन्द्रको १९%, प्रदेशको १६% मात्रै

फेरि पनि असारे विकासको प्रतीक्षा
विकास खर्च अत्यन्तै निरासाजनक : ७ महिनामा केन्द्रको १९%, प्रदेशको १६% मात्रै

काठमाडौँ - विनियोजित पुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या केन्द्रबाट प्रदेश सरकारहरूमा पनि सरेर गएको छ । चालू आर्थिक वर्षको सात महिना बित्दा पनि संघीय सरकारले ...

सरकारले किन घटायो खर्च र राजस्व लक्ष्य ?

सरकारले किन घटायो खर्च र राजस्व लक्ष्य ?

काठमाडौं - सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६÷७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ ...





ट्रेन्डिङ


अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा

गोकुल बाँस्कोटाको घुसको अडियोबारे  ओली र प्रचण्डबिच छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेतृत्वलाई दबाब

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेकपा नेताहरुले बालुवाटारलाई दबाब दिएका छन्। घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनलाई तुरुन्तै मन्त्री