वामदेव गौतमलाई ओलीको पुनः प्रस्ताव : 'कास्की २ बाट चुनाव लड्नुस्'

2019-08-17

काठमाडौँ - नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा ओलीले सो आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए ।

निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । तर, त्यो योजना पूरा नहुने देखिएपछि उनी ओलीसँग टाढिएका थिए ।

उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् ।

गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति : एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर ओलीसँग करिब–करिब सम्बन्ध–विच्छेद गर्ने बिन्दुमा पुगेका थिए । तर, एक–डेढ महिनायता भने ओली र गौतम पुनः नजिकिन थालेका थिए ।

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग प्रगाढ सम्बन्ध बनाउँदै गएका गौतमलाई ओलीले फकाउन थालेका थिए । एक महिनायता बालुवाटारमा गौतमको जन्मदिन मनाउनेदेखि दुई नेताबीच पटक–पटक डिनर र लन्च बैठकसमेत भएको थियो । त्यसैले ३२ मध्ये सबैभन्दा शक्तिशाली संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष पदमा ओलीले नै गौतमलाई प्रस्ताव गरे । उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ