अन्ततः स्कुल विभाग जिम्मा ईश्वर पोखरेललाई, संगठन विभाग प्रमुखमा बामदेव गौतम

2019-08-16

काठमाडौं - अन्ततः पार्टीको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संगठन, स्कुल लगायतका विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ ।

स्कुल विभागलाई लिएर नेताहरुबीच लामो समयदेखि नेतृत्व लिने चर्चा भइरहेको थियो। सोही पदका आकांक्षी प्रवक्ता श्रेष्ठले प्रचार विभाग प्रमुखमा चित्त बुझाउनु परेको छ।

श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई दिइएको छ। यस विभागको उपप्रमुखमा राम कार्की चयन भएका छन्। नीति अध्ययन प्रतिष्ठान विभागको प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिइँदा संगठन विभागको प्रमुखमा बामदेव गौतम चयन भएका छन्।

अर्थ योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायले जिम्मेवारी पाएका छन्।

जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज, विभिन्न आयोग तथा सम्पर्क समन्वय कमिटीको नेतृत्व भने टुंग्याउन बाँकी रहेको प्रबक्ता श्रेष्ठले बताए।

यसबाेहक आजै बसेको बैठकले सातै प्रदेश कमिटीका सह-इन्चार्जको समेत टुंगो लगाएको छ। जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेललाई सह-इन्चार्जको जिम्मेवारी थपिएको छ।

प्रदेश २ को सह-इन्चार्जमा नागेन्द्र चौधरी र महेश पासवान, प्रदेश ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा भानुभक्त जैशी र खगराज भट्टलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ