कर्णालीका भौतिक पूर्वाधारमन्त्री खडकबहादुर खत्री बर्खास्त

2019-08-16

धनगढी - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई बर्खास्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्रीको निर्णय बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई समेत जानकारी गराइएको बुढाथोकीले बताए ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको थियो । मन्त्री खत्रीसहित पाँचजनाले कृषि विकास बैंक भोजपुरको एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र तयार गरी जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका अदालतले ठहर गरेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ