नविल बैंकले कमायो ४ अर्ब २९ करोड

2019-08-15

काठमाडौँ - नबिल बैंकले आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ७.८४ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७४।७५ मा नविलले तीन अर्ब ९८ करोड १८ लाख खुद मुनाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ। जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा २१.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोहि अवधिमा बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो ।

खराब कर्जा ०.७४ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १६.७९ गुणा, प्रतिशेयर नेटवर्थ दुई सय ५८ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा, आधार ब्याजदर ८.०९ प्रतिशत, कोषको लागत ६.१३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७१ प्रतिशत र सीसीडि ७२.९ प्रतिशत रहेको छ ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ