आन्दोलन दबाउन हङकङमा चीनले उतार्‍याे दलबलसहित सेना

2019-08-15

एजेन्सी - चिनियाँ जनमुक्ति सेना दलबलसहित हङकङमा झरेकाे छ। १० हप्तादेखि जारी आन्दोलन दबाउन चिनियाँ सरकारले सेनाको ठूलो दलबल हङकङ झारेको हो।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा समेत दिएको छ। पटक–पटक चिनियाँ सेनाले प्रदर्शन दबाउने चेतावनी दिँदै आएकाे थियाे। पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि बेइजिङले आन्दाेलनलाई ‘आतंकवाद’को संज्ञा दिएको हो।

चिनियाँ सेनाको दलबलसहित सीमामा तैनाथ रहेको गार्जियनको रिपोर्टमा उल्लेख छ। ‘चिनियाँ अधिकारीहरूले विरोध प्रदर्शनलाई आतंकवादी गतिविधिको रूपमा भर्सना गरेका छन्’, समाचारमा भनिएको छ,‘चिनियाँ अधिकारीले आन्दोलनकारीलाई ‘फलामको मुङ्ग्रो’ले जवाफ दिने समेत चेतावनी दिएका छन्।’

हङकङमा प्रस्ताव गरिएकाे सुपुर्दगी विधेयकबाट सुरु भएकाे याे आन्दाेलन अहिले चीनकाे केन्द्रीय सत्तालाई पनि भारी परेकाे छ। ‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुने गरेका छन्। प्रदर्शनकारीका माग प्रष्ट हुन नसक्दा र भिडन्त चर्किँदै जाँदा उनीहरुबारे फरकफरक टिप्पणी हुन थालेका हुन्।

सोमबार आन्दोलनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्ट मै प्रदर्शन गरेका थिए। अन्तराष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रदर्शनकारी छन्। जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ