सगरमाथा चढ्नुअघि ६५ सय मिटर अग्लो हिमाल चढेकै हुनुपर्ने शर्त तोक्न प्रस्ताव

2019-08-15

काठमाडौं - सगरामाथा आरोहण गर्न अब ६५ सय मिटरसम्मका कुनै पनि एक हिमाल आरोहण गरेको हुनैपर्ने सर्त तोक्न सरकारी समितिले सुझाव दिएको छ। नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले बुधबार पर्यटन मन्त्रीलाई बुझाएको एक प्रतिवेदनले हिमाली क्षेत्रको समस्या र समाधानको उपायसमेत सुझाएको छ।

पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उच्च उचाइ अनुकूलन बनाउन अनिवार्य रूपमा नेपालकै कुनै ६५ सय मिटरमाथिका एक हिमाल आरोहण गरेकै हुनुपर्ने सर्त तोक्नु पर्ने सुझाव दिइएको समिति संयोजक घनश्याम उपाध्यायले जानकारी दिए। यो सर्त पूरा भए सगरमाथा आरोहण व्यवस्थित हुने, आरोहण चाप कम हुने, सगरमाथामा ट्राफिक जाम नहुने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए।

सगरमाथा क्षेत्रको नकारात्मक प्रचार बढेपछि सरकारले गत जेठ २४ गते पर्यटन मन्त्रालयका सहसचिव उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समिति सदस्यमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल र विभागकै निर्देशक मिरा आचार्य सदस्य सचिव छन्। उक्त समितिले पर्यटन मन्त्री योगेश भट्टराईलाई बुधबार उक्त प्रतिवेदन बुझाएको हो।

समिति संयोजक उपाध्यायका अनुसार आठ हजार मिटरमाथिका हिमालचुलीको आरोहण गर्न पर्वतारोहीको हकमा आवश्यक मापदण्ड बनाउने, कानून सुधार गर्ने सुझाव दिइएको छ।

उपाध्यायका अनुसार आठ हजार मिटर माथिका हिमाल आरोहण गर्न आधारभूत उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने सर्त तोक्न समेत सरकारलाई सुझाव दिइएको छ। आरोहीले तालिम प्राप्त एक नेपाली जनशक्ति अनिवार्य लिएर जार्नेपर्ने, निरोगिताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने, खोज, उद्धार तथा उपचारको लागि आवश्यक रकमसहितको बिमा गर्नपर्ने सुझाव प्रतिवेदनमा छ।

आरोहीले आफूले आरोहण गरेको विस्तृत विवरणसहितको प्रतिवेदन एजेन्सीमार्फत सरकारलाई उपलब्ध गराउनु पर्ने अनिवार्य सर्त तोकिएको छ। सगरमाथा र अन्य आठ हजार मिटरमाथिका हिमालचुलीको आरोहण गर्ने पर्वतारोहीको हकमा सरदार, पथ प्रदर्शक र उचाइका कामदार राख्नुपर्ने पनि उल्लेख छ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ