पोखरास्थित वडा कार्यालयबाट चोरी गरेका सामान काठमाडौंमा बिक्री, चोर्ने र बेच्ने दुवै पक्राउ

2019-08-14

काठमाडौं - पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने चोर समातिएका छन्। चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ घर भई पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका-१२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनीहरुले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटपलगायतका सामानहरु चोरी गरेका थिए। प्रहरीले उनीहरुको साथबाट १७ थान मोनिटर, ९ थान सिपियु, ३ थान ल्यापटप बरामद गरेको छ।

पक्राउ परेका मध्ये थापाले सामान चोर्ने र चोरीको उक्त सामान काठमाडौंमा कम्युटर सोलुसन सञ्चालन गरेर बसेका गोपालीलाई बेच्ने गरेको पाइएको एसपी कार्कीले बताए।

विगत केही समयदेखि पोखराका वडा कार्यालयदेखि अन्य पसलहरु पनि धमाधम चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा साउन २६ गते कास्की प्रहरीले पोखराको सहिदचोकबाट थापालाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा प्रहरीले चोरीका सामान किन्ने गोपालीलाई काठाडौंबाट पक्राउ गरेको हो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ