नेकपा सचिवालय बैठक आज दिउसो ३ बजे बालुवाटारमा

2019-08-14

काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक स्थगित भएर आजको लागि बैठक बोलाइएको थियो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्।

विशेषगरी स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैको दाबी रहेको छ। त्यसका अतिरिक्त घनश्याम भुसाल तथा वेदुराम भुसालले पनि रुची देखाएका छन्। नेतृत्व टुंगो लगाउन नसक्दा नेकपाको सचिवालय बैठकहरु अनिर्णित हुँदै आएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ