बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा

2019-08-13

काठमाडौँ - बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को संशोधन प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । नेपाल राष्ट्र बैंकले पठाएको मस्यौदामा हेरफेर गरि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्मा पेश गरेका हुन् ।

मन्त्रीपरिषद्बाट पास भएपछि अर्थमन्त्रीले ऎनलाई संसदमा पेश गर्नेछन् । संसदमा पेश गरिएको मस्यौदामा आवश्यक भए थप छलफलका लागि संसदीय समितिमा पठाइन्छ । समितिले संसदको पूर्ण सदनमा प्रतिवेदन पेश गरेपछि फेरि संसदमा छलफल हुनेछ । संसदको दुइतिहाइले पारित गरेपछि त्यसलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऎनले कानूनी रुप लिन्छ ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ