कोशीटप्पुमा भेटियो 'एन्थ्रेक्स' जीवाणु, पशुबाट मानिसमा यसरी सर्छ !

2019-08-13

धरान - कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा 'एन्थ्रेक्स'को जीवाणु फेला परेपछि सो क्षेत्र वरिपरिका बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ।

सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको ३ किलोमिटर परिधिमा चुन छरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनले बताए।

डा मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए। आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट मगाइएको छ। आउनासाथ टोली परिचान गरिने उनले बताए।

केही दिनअघि कोशीटप्पुको चरन क्षेत्रमा ४४ चौपाया मरेका थिए। पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा मरेका चौपायाको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डा महतोले बताए। सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सावधानी तथा सचेतना अपनाइएको छ। रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ।

यसरी सर्छ एन्थ्रेक्स
डा महतोका अनुसार एन्थ्रेक्स आनुवंशिक रोग भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ। रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिनसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ।

यो माटो, हावा र पानीबाट सहजै सर्ने रोग हो। एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरमा रोगको उच्च जोखिम रहेको हुन्छ।

मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने डा मेहताले बताए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ